News

May 21, 2011

१० जना सहायक पाइलट सेवाबाट निलम्बित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल वायुसेवा निगम व्यवस्थापनले व्यवस्थापकिय नियम तोडेको भन्दै १० जना सहायक पाइलटलाई सेवाबाट निलम्बन गरेको छ । सञ्चालक विभागका निर्देशक शिशिर शर्माको निर्देशनमा एम.बी तुम्बाहाम्फेलाई वायु सेवा निगमको क्याप्टेनको जिम्वेवारी दिएपछि आन्दोलनमा उत्रेका सहायक पाइलटहरु कार्वाहीमा परेका हुन् । क्याप्टेन तुम्बाहाम्फेलाई प्रचलीत नियम विपरित जिम्मेवारी तोकेको बिरोधमा उत्रेका १० जना सहायक पाइलटले अब अर्को निर्णय नभएसम्म निगमको उडान भर्न पाउने छैनन् । महाप्रबन्धक केबी लिम्बुले गैरकानुनी तबरले क्षमता र योग्यता नपुगेको व्याक्तिलाई क्याप्टेनको जिम्वेवारी दिएको विरोधमा सहायक पाइलटहरुले अख्तियार दुरुपयोग अनुसन्धन आयोगमा पनि उजुरी हालेका छन् । निगम व्यवस्थापनले भने सहायक पाइलटहरुले अनुशासन बाहिर गएर प्रोपोगान्डा मच्चाएको आरोप लगाएको छ । निगम व्यवस्थापनले समस्या बारे भोली पाइलटहरुसँग छलफल गर्ने जनाएको छ ।

No comments: