News

May 27, 2011

युथ फोर्सले जेठ १४ मा निषेधित क्षेत्र तोड्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले जेठ १४ गते शनिबार ५० हजार युवा परिचालन गरेर संविधानसभा क्षेत्रमा लगाइएको निषेधित क्षेत्र तोड्ने बताएको छ । शुक्रवार पत्रकार सम्मेलन गरी युवा संघले शनिबार मध्याहृन १२ बजे ५० हजार युवा भेला भएर निषेधित क्षेत्र तोड्दै संविधानसभा भवन घेराउ गर्ने जानकारी दिएको छ । अध्यक्ष महेश बस्नेतले कोटेश्वर, माइतिघर मण्डला, बागबजार र पुरानो बानेश्वरमा भेला भएर संविधानसभा भवन तिर बढेर चौतर्फी रुपमा एकै पटक निषेधित क्षेत्र तोड्न अगाडि बढ्ने जानकारी दिनुभयो । उहाँले जनतालाई निषेध लगाउने अधिकार कसैमा नभएको भन्दै आफूहरुले भोली निषेधित क्षेत्र तोडेर संविधानसभा भवन घेराउ गर्ने बताउनुभयो । उहाँले जनतालाई निषेध गर्ने सभासदहरुलाई जेठ १४ गतेपछि बाहिष्कार र निषेध गर्ने घोषणा गर्नुभयो । युवा संघले संविधानसभाको म्याद दलिय सहमतिमा बढीमा तीन महिना थप्नु पर्ने बताएको छ ।

No comments: