लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सत्तासाझेदार एकीकृत नेकपा (माओवादी) ले शान्ति र संविधानका लागि दबाबमूलक कार्यक्रम घोषणा गरेको छ। माओवादी केन्द्रीय पदाधिकारीको मंगलबार बसेको बैठकले नवगठित जनस्वयंसेवक ब्युरोलाई परिचालन गरी जेठ १ देखि १० गतेसम्म देशैभर दबाबमूलक कार्यक्रम गर्ने घोषणा गरेको हो। दबाबमूलक कार्यक्रमअर्न्तर्गत विभिन्न सभा-सम्मेलन गरिने माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो। दशदिने अभियानको अन्तिम दिन जेठ १० गते माओवादीले देशका प्रमुख शहरमा बृहत् सभा गर्ने भएको छ। राजधानीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’, जनकपुरमा उपाध्यक्ष डा. बाबुराम भट्टर्राई, धनगढीमा नारायणकाजी श्रेष्ठ, पोखरामा रामबहादुर थापा, विराटनगरमा सीपी गजुरेल र नेपालगन्जमा लीलामणि पोखरेलले सम्बोधन गर्नेछन्। बैठकले दबाबमूलक कार्यक्रमका साथै अन्य दलहरूसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ। बैठकले सरकारमा पठाउने थप मन्त्री छनोट गर्ने बताइए पनि माओवादीले मन्त्री र राज्यमन्त्री छान्न सकेन। एमालेसँगको सहमतिमा ११ वटा मन्त्रालय पाए पनि अहिले सरकारमा माओवादीका ४ जना मन्त्री मात्रै छन्।
No comments:
Post a Comment