News

May 10, 2011

संविधानविरोधी गतिविधि गर्न नदिने - गृहमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कास्की, वैशाख २७ - उपप्रधान तथा गृहमन्त्री कुष्णबहादुर महराले संविधान विरोधीहरुलाई कुनै पनि नकारात्मक गतिविधि गर्न नदिने बताएका छन् । नेपाल यातायात व्यवसायीको राष्ट्रिय महासंघको मंगलबार पोखरामा उदघाटन गदै महराले संविधान विरोधीहरुलाई निस्तेज पार्ने उल्लेख गरे । महराले जेठ १४ सम्म जनतलाई संविधानको मस्यौदा दिने बताए । प्रकृयागत रुपमा संविधान निर्माण हुन नसके पनि जनताको बलिदानको कदरस्वरुप मस्यौदा दिन सक्षम हुने उनले दाबी गरे । तीन दलका शीर्ष नेताहरुबीच शान्ति र संविधानका लागि सहमति हुनेछ दाबी गर्दै गृहमन्त्री महराले भने, 'सहमतिले ले नै नयाँ राजनीतिक वातावरण तय गर्नेछ ।' संविधान निर्माण गर्ने विषयमा सकेसम्म सहमति गरी संविधान निर्माणतर्फ आफूहरुले लाग्ने वचनबद्धता उनले प्रकट गरे ।

No comments: