News

May 25, 2011

साहित्यकार इन्द्रबहादुर रार्इलाई सम्मान गर्दै पुरस्कृत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
युगकवि सिद्धिचरण प्रतिष्ठानका नाममा स्थापित युगकवि सिद्धिचरण पुरस्कार-२०६७ बरिष्ठ भारतीय नेपाली साहित्यकार इन्द्रबहादुर रार्इलाई प्रदान गरिएको छ। दार्जिलिङमा रहेर नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा विगत ५ दशकदेखि समर्पित रहेका र्राईलाई सिद्धिचरण स्मिृति गुठीले युगकविको स्वर्ण सताव्दी वर्षप्रारम्भ भएको अवसरमा सम्मान गर्दै पुरस्कृत गरेको हो। सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक कार्यक्रमका वीच राष्ट्रपति डा. रामवरण यादवले रार्इलाई सो पुरस्कार प्रदान गर्नुभयो। उहाँलाई प्रदान गरिएको पुरस्कारको राशी ५० हजार रुपियाँ नगद र सम्मान पत्र रहेको छ। कथा, उपन्यास, नाटक, निबन्ध र समालोचनाका विधामा कलम चलाउदै आउनुभएका रार्इ आयामेली आन्दोलनमा शिर्षथ हस्ति मानिनुहुन्छ। र्राई विगत ५ दशक भन्दा लामो समय देखि निरन्तर साहित्य क्षेत्रमा कृयाशिल हुनुहुन्छ।
पुरस्कार वितरण समारोहमा बोल्दै राष्ट्रपति डा. यादवले युगकविका नाममा प्रदान गरिदै आएको पुरस्कारका लागि योग्य व्यक्ति छनौट गरेकोमा प्रतिष्ठानलाई बधाई दिनुभयो। पुरस्कारले प्रवासमा रहेर साहित्य सिर्जनामा लाग्नेलाई थप हौसला मिल्ने बताउँदै राष्ट्रपति डा.यादवले भन्नुभयो - युगकवि श्रेष्ठले मेरो प्यारो ओखलढुंगा’ कवितामा भनेझै मुलुकलाई प्यारो र सुन्दर शान्त बनाउन आवश्यक छ’। पुरस्कृत व्यक्तित्व साहित्यकार रार्इले दार्जिलिङले ओखलढुंगा नदेखेपनि युगकविको कृतिले सो ठाँउलाई परिचित बनाएको बताउनुभयो। पुरस्कृत व्यक्तित्वका वारेमा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति बैरागी काँइलाले चर्चा गर्नुभएको थियो। सोही अवसरमा गायक रामकृष्ण ढकालले दुर्गालाल श्रेष्ठको रचना न्हृयू बज्राचार्यको संगितमा युगकवि प्रति श्रद्धा सुमन गर्दै रचिएको हे युग कवि हाम्रो छ तिमीमा लाखौ लाख प्रणाम’ बोलको गीत गाउनुभएको थियो। सस्कृतिविद् सत्यमोहन जोशी, शतवाषिर्की समारोह समितिका अध्यक्ष मोदनाथ प्रश्रति लगायतका व्यक्तिहरूले युगकवि र पुरस्कृत व्यक्तित्वका बारेमा बोल्नुभएको थियो।

No comments: