News

May 23, 2011

संविधानसभाको म्याद थप सम्बन्धी विद्येयक अघि बढेन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ ९ - प्रमुख प्रतिपक्षी दल काँग्रेसलगायतका विपक्षी दलका साँसदहरुले आ–आफ्नो स्थानमा उभिएर प्रकृया अघि नबढाउन आग्रह गरेपछि सोमबार पनि संविधानसभाको म्याद थप सम्बन्धी विद्येयक अघि बढ्न सकेन । विपक्षी साँसदहरुले उभिएर विरोध जनाएपछि सभामुख सुभाष नेम्वाङ्ले कार्यसूचीमा रहेका सबै विषय हटाई मंगलबामर दिउँसो ३ बजेसम्मका लागि संसदको बैठक स्थागित गरेका छन् । यसअघि संसदमा समय लिएर बोलेका काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले सहमति विना संविधानसभाको म्याद थप्न नदिने बताएका थिए । संसदको बैठकमा समय मागेर बोल्दै उनले भने, 'सहमति नभइ जतिपटक संविधानसभाको म्याद थपेपनि संविधान बन्दैन ।'उनले काँग्रेसले संविधानसभाको म्याद थपका लागि अघि सारेको १० बुँदालाई संसदमा रेकर्ड गराएका थिए । उनले आफ्नो पार्टीले अघि सारेका विषयहरुमा सहमति नभएसम्म संविधानसभाको म्याद थप्न नदिने अडान दोहोर्याएका थिए । काँग्रेसले प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिनुपर्ने, माओवादीले हतियार बुझाउनु पर्ने, माओवादी लडाकुहरु रिग्रुपिङ्मा जानुपर्ने लगायतका सर्तहरु अघि सारेको छ ।

No comments: