News

May 11, 2011

कांग्रेसले सुरु गर्‍यो नयाँ सरकार बनाउने खेल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २८ - कांग्रेसले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि पहल थालेको छ । त्यसका निम्ति अनौपचारिक रूपमा नेताहरूबीच कुराकानी सुरु गरिएको कांग्रेस महामन्त्री कृष्ण सिटौलाले बताए । 'पार्टीगत रूपमा बैठक भएर औपचारिक छलफल भएको त छैन तर विभिन्न कोणबाट नेताहरूबीच अनौपचारिक तहमा कुराकानी थालिएको छ', उनले भने । यसैगरी शान्ति प्रक्रिया र संविधान निर्माणको कुनै पनि काम अघि नबढेमा संविधानसभाको म्याद थप्ने पक्षमा कांग्रेस नहुनेसमेत सिटौलाले बताए । 'कम्तीमा शिविरमा रहेका लडाकु र हतियार व्यवस्थापनपछि मात्रै कांग्रेस संविधानसभाको म्याद थप गर्ने पक्षमा जान सक्छ' उनले भने- 'छ महिनामा पूरा गर्ने सहमति भएको शान्ति प्रक्रिया तीन वर्षमा एक कदम पनि अघि नबढ्ने र शान्ति प्रक्रिया अघि नबढ्दा संविधानसमेत जारी नहुने अवस्थामा म्याद मात्रै थप्नुको औचित्व के हुन्छ ? लडाकु र हतियार नछाडेको अवस्थामा म्याद थप गर्ने पक्षमा कांग्रेस उभिन सक्दैन ।'यथास्थितिमा संविधानसभाको म्याद थप गर्नुको औचित्व नरहने केन्द्रीय सदस्य नरहरि आचार्यले पनि बताए । 'म्याद थप गर्नका लागि केही न केही काम अघि बढेको हुनुपर्छ, भएन भने थप्ने प्रस्ताव कसरी आउँछ, स्वतः संविधानसभा जान्छ,' उनले भने ।

No comments: