News

May 19, 2011

संविधानका लागि श्राद्धदेखि अनशनसम्म गर्ने प्रहरीले पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
६०१ सभासद्को 'श्राद्ध' गर्नुअगावै जजमान आन्दोलन चलाइरहेका राकेशकुमार शर्मालाई प्रहरीले पक्राउ गरी थुनामा राखेको छ। निर्धारित समयभित्रै जनताको संविधान जारी गर्न दबाब दिन संविधानसभा भवनको ३ नं गेटमा अनेक तरहका आन्दोलन सञ्चालन भइरहेका छन् । तीमध्ये सभासद्को श्राद्धले बुधबार बिहान ७ बजे विशेष चर्चा पाएको थियो। बर्दियाको गुलरिया-६ निवासी राकेशले संविधान बनाउन जनताले दिएको समय २०६७ जेठ १४ गते सकिए पनि संविधानसभालाई अझै भत्ता खाने थलोका रूपमा दुरुपयोग गरिरहेको भन्दै मासिकी तथा वाषिर्की गर्ने क्रममा उनी पक्राउ परेका हुन्।
भूतप्रेत भइसकेका सभासद्हरूले जनतालाई महँगी, भ्रष्टाचार, अराजकता, हत्याहिंसा, असुरक्षाबाहेक केही नदिएको भन्दै उनले एक वर्षेखि मासिक गर्दै आइरहेका थिए, उनले बर्दियाको गुलरियास्थित राधाकृष्णचोकमा ०६७ मंसिर ६ गते मासिक गरी श्राद्ध अभियानको व्रि्रोह थालेको बताए। पुस ७ गते बाँकेको नेपालगन्जस्थित धम्बोजीचोकमा ६ महिने मासिक, माघ १३ गते चितवनको नारायणगढमा ८ महिने मासिक गरे भने फागुन ७ गते तिथिअनुसार पर्सा वीरगन्जमा, चैत ६ गते कास्कीको पोखरास्थित पृथ्वीचोकमा १० महिने मासिक, रूपन्देहीको बुटवलचोकमा ११ महिने मासिक गरिसकेपछि बुधबार वाषिर्की श्राद्धसम्मको कर्मकाण्डी आन्दोलन अघि सारेका थिए । तर, त्यस क्रममा उनी पक्राउ परे।
श्राद्ध आन्दोलनकर्ता राकेशले जेठ १४ गते सभासद्का नाउँमा राजधानीको टुँडिखेलमा एकाह लगाउने योजना बताइरहँदा जातिभाषा, संस्कृतिका आधारमा होइन, भौगोलिक आधारमा संघ बनाउन दबाब दिने उद्देश्यले रिले अनशन गरिरहेका क्षत्री समाज राष्ट्रिय महासंघका अगुवाहरू झन्डै र्समर्थनभावमा देखिन्थे। समाजका महासचिव विष्णुबहादुर खड्काले भने- हामी वर्तमान संविधानसभाको श्राद्धै गर्नेसम्मको स्थितिमा त छैनौं तर जातीय सद्भावना, राष्ट्रिय अखण्डताको ग्यारेन्टी हुने भौगोलिक संघीयताका पक्षमा समयमै संविधान जारी गर्न जेठ २ गतेदेखि रिले अनशन गरिरहेका छौं।’यसका लागि समाजले जेठ ७ गते साँझ शान्तिपार्कबाट मसाल जुलुस र ८-९ गते दुइ दिन उपत्यका बन्दको चेतावनी दिएको छ।

No comments: