News

May 31, 2011

लिम्बूवानबाट अपहरितको उद्धार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काँकडभिट्टा, जेष्ठ १७ - लिम्बूवान कार्यकर्तावाट अपहरण गरिएका एक व्यक्तिलाई मंगलवार झापाको काँकडभिट्टाबाट प्रहरीले पक्राउ उद्धार गरेको छ । लिम्वुवान कार्यकर्ताले दमक १० निवासी ३२ वर्षीय जीवन पोर्तेललाई अपहरण गरी स्थानीय ताप्लेजुङ गेष्ट हाउसमा राखेको अवस्थामा प्रहरीले उद्धार गरेको हो । पोर्तेलले विहान भारतको दार्जिलिङवाट आफुलाई अपहरण गरी ल्याइएको बताए । पोर्तेलका भाइ प्रतापले गत चैतमा छिमेकी मेनुका नेम्वाङसंग भागेर अन्तरजातीय विहा गरेका थिए । विहालगत्तै लिम्वुवान कार्यकर्ताले वारम्वार घर घेरेर भाईलाई मार्ने धम्की दिएको र हाल भाइ दमकवाट विस्थापित भएको उनले बताए । लिम्वुवानको जसरी भएपनि भाई खोजेर ल्याउने उर्दीपछि पोर्तेल सोमवार दार्जिलिङ गएका थिए । त्यहीवाट कविध्वज लिम्वु, विकल्प लिम्वु, कुमार परियार र पुर्ण नेम्वाङले उनलाई अपहरण गरेका थिए । इलामको पशुपतिनगर नाका हुदै उनलाई सोझै काँकडभिट्टा ल्याइएको थियो । प्रहरीले अपहरणमा संलग्नमध्ये परियार र नेम्वाङलाई पक्राउ गरेको छ । अन्य दुई फरार छन् ।

No comments: