News

May 11, 2011

माओवादी द्वन्द्व राज्य समितिसम्म

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २८ - संस्थापन पक्ष र उपाध्यक्ष मोहन बैद्य पक्षबीच द्वन्द्व बढ्दै जाँदा त्यसको प्रभाव राज्य समितिसम्म पुगेको छ । किरात राज्य समिति इञ्चार्ज एबं पोलिटव्युरो सदस्य गोपाल किरातीले मंगलबार पूर्व व्युरो इञ्चार्ज सीपी गजुरेललाई पत्र लेखी बैद्य पक्षले आफूबिरुद्ध भ्रमपूर्ण आरोप लगाएको बताएका छन् । 'उपाध्यक्ष किरण पक्षका कमरेडहरुबाट हामी विरुद्ध भ्रमपूर्ण आरोप सहित वक्तव्यबाजी गराउदै पार्टी जीवनमाथि प्रहार गर्दै प्रतिक्रान्तिको सेवा पुर्‍याउने काम मात्र भएको छ' उनले केन्द्रीय कार्यालयमा दर्ता गराएको पत्रमा भनेका छन्, 'अतः राज्य कार्यालय र विभागीय इन्चार्जको निर्देशन पालना नगर्ने इन्द्र राउत जस्तोलाई -अनुशासनात्मक कार्वाही गर्नु पर्नेमा पार्टीको अन्तरसंघर्षको स्थितिले गर्दा उहाँलाई पूर्वी व्युरो कार्यालयमा पठाउदा सबै हिसावले उपयुक्त हुने ठहर गर्दै) पार्टी पूर्वी व्युरो कार्यालयमा यसै पत्र मार्फत स्थानान्तरण गरिएको अनुरोध गर्दछु ।'पार्टीको आधिकारिक नीति बिपरीत लेखेको भन्दै किरातीले कोशी मासिक वितरणमा रोक लगाएका थिए । राउत कोशी मासिकका सम्पादक हुन् ।

No comments: