News

May 4, 2011

अनेसास इजरायलद्वारा अभिनन्दन र बिदाइ कार्यक्रम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टरको आयोजनामा अप्रिल ३० तारिख शनिबार साँझ इजरायलको तेल अभिभमा एक कार्यक्रम बीच श्रष्टा अभिनन्दन तथा विदाई एकै साथ् सम्पन्न गरियो । राष्ट्रिय गानको धूनसँगै प्रारम्भ भएको सो कार्यक्रममा अनेसास इजरायल च्याप्टरका उपाध्यक्ष कुमार पौडेलले स्वागत् मन्तव्य राख्नु भएको थियो । मन्तव्यको क्रममा बोल्दै लामो समयको इजरायल बसाइ पश्चात स्वदेश फर्कदै गर्नु भएका अनेसासका सल्लाहकार सोमेन्द्र घिमिरे तथा साहित्यकार उमा सुवेदीले इजरायलको बसाइका आफ्ना अनुभवहरु सुनाउनु भयो । अनेसास इजरायलकै दुइ नारी श्रष्टाहरु दीप्स शाह र उमा सुवेदीलाइ उहाँहरुले साहित्यको क्षेत्रमा पुर्याउनु भएको योगदानको कदरका साथै उहाँहरुको कृति क्रमश आगो र तप्किएर अन्जुलीमाका लागि २०६७ सालको नइ गणेश दुर्गा पुरस्कार प्राप्त भएकोमा बधाईका साथ् अनेसास इजरायल च्याप्टरका अध्यक्ष कृष्णपक्ष, केन्द्रीय समितिका सचिव हरि मानन्धर तथा इजरायल च्याप्टरका सल्लाहकार नयन्द्र कुमार चेम्जोंगले संयुक्त रुपमा कदरपत्र प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा अभिनन्दित श्रष्टा द्वय, प्रमुख अतिथि हरि मानन्धर, सल्लाहकार नयन्द्रकुमार चेम्जोंग, समाजसेवी तथा व्यवसायी कृष्ण ज्ञवाली लगायतका वक्ताहरुले एकै साथ् भएको यो अभिनन्दनको खुशी तथा विदाइको भावपूर्ण अनुभूति सहित आ आफ्नो धारणा व्यक्त गर्नु भएको थियो । अनेसास इजरायल च्याप्टरका महासचिव यशजीले संचालन गर्नु भएको सो औपचारिक कार्यक्रम समापन गर्दै संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति कृष्णपक्षले श्रष्टाद्वयलाई सम्मान गर्न पाउनु च्याप्टरको गौरव भएको बताउदै हामी जहाँ जहाँ पुगे पनि भावनात्मक सामिप्यता सधैं रही रहने विश्वास व्यक्त गर्नु भयो । अनौपचारिक चरणमा उपस्थित साहित्यप्रेमीहरुलाइ अनेसास इजरायलले सोही अवसरमा आयोजना गरेको बार्बिक्यु पार्टी तथा रात्रिभोजमा सरिक गराइएको थियो ।

No comments: