News

May 26, 2011

तीन दलको बैठक सकियो, सहमति भएन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ १२ - तीन दलका शीर्ष नेताहरुको प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठक पनि विना निष्कर्ष सकिएको छ । संविधानसभाको म्याद सकिन दुई दिन बाँकी रहँदा सहमतिका लागी शीर्ष नेताहरु छलफलमा जुटेका थिए । 'हामीले बिषयहरुमा गम्भीर रुपमा छलफल गर्यौं । तर, कुनै निर्ष्कष निस्किएन' माओवादी उपाध्यक्ष मोहन बैद्यले भने, 'हामी भोली फेरी बसेर थप छलफल गर्ने छौं ।' उनले सहमतिमा पुग्नु पर्छ भन्ने सबैको राय रहेको पनि उल्लेख गरे । काग्रेस नेता रामशरण महतले पनि तीनै दलका नेताहरु आ–आफ्ना अडानमा कायमै रहेको उल्लेख गर्दै बीचको बाटो खोज्न छलफल भइरहेको बताए । 'त्यो बीचको कुरा के हो भन्ने कुरा भन्ने बेला भएको छैन' उनले भने ।
बुधबार गोकर्ण रिसोर्टमा भएको छलफलले सहमति खोज्ने जिम्मा शिर्ष नेताहरुलाई दिएको थियो । बैठकमा एमालेका तर्फबाट प्रधानमन्त्री झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल, भिव रावल, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन बैद्य र बाबुराम भट्टराई तथा कांग्रेसको सभापति सुशील कोइराला, महामन्त्री कृष्ण सिटौला, रामशरण महत र मिनेन्द्र रिजाल सहभागी छन् । तीन दलको शीर्ष नेताले बिहीबार बिहान राष्ट्रपति रामवरण यादवलाई भेटेका थिए ।

No comments: