News

May 7, 2011

'जेठ १४मा संविधान जारी हुँदैन' - माओवादी अध्यक्ष

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २४ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले जेठ १४ भित्र संविधान जारी गर्न नसकिने स्पष्ट पारेका छन् । उनले त्यसअघि संबिधानको मस्यौदा जनताको हातमा पुर्‍याउन सके संविधान सभाको म्याद थप्ने आधार तयार हुने बताए । जेठ १४ अघि संबिधान जारी गर्न सकिने अबस्था अब टुङ्गिएको ठोकुवा गर्दै उनले अन्तरिम सबिधानमा ब्यवस्था भए बमोजिम संबिधानको खाका जनताको हातमा पुर्‍याउन सके संबिधान सभाको म्याद थप्न सहज हुने बताए । उनले संबिधान निमार्णका लागि ८० प्रतिशत काम पुरा भैसकेकाले तीनदलको सहमति जुटाए छोटो समयमै संबिधान जारी गर्न सकिने दावी गरे । दाहालले संबिधान सभाको म्याद कति समय थपिने हो भन्ने नखुलाइकन संसारमै संबिधान सभाले २ वर्षभित्र संबिधान बनाएको उदाहरण नभएको दावी गरे । नवलपरासीको पिठौली स्थित नारायणी प्राबिको उदघाटन गर्न शुक्रबार बिहान यहाँ आएका प्रचण्डले क्रान्तिकारी पत्रकार संघद्धारा आयोजित कार्यक्रममा उक्त कुरा बताएका हुन् ।
अब छिट्टै बस्ने संबैधानिक समितिको बैठक पछि शान्ति प्रकृयाको मोडालिटी तयार हुने र त्यसपछि शान्ति प्रकृया र संबिधान निमार्णको कार्य एक साथ अघि बढने वताए । एमाले प्रति संकेत गर्दै माओवादी अध्यक्ष प्रचण्डले सरकारमा गृह मन्त्री माओवादीले पाए लगत्तै एमालेमा तरङ्ग पैदा भएको उल्लेख गर्दै उनले आफ्नो पार्टिमा मन्त्रीमण्डल गठनमा खासै बिमती नरहेको दावी गर्दै कार्यबिभाजनमा सामान्य असहमती भएको उल्लेख गरे । मन्त्री मण्डल गठनमा माओवादीका अर्का नेता मोहन बैद्यको असहमतीलाई उनले बैदको नाम उल्लेख नगरिकन कार्यबिभाजनमा देखिएको सामान्य मतभेदलाई छलफलवाट निर्णयमा पुगिने बताए । उनले बिहान नारायणी प्राबिको उदघाटन गरेर आजै राजधानी फर्किने जनाए ।

No comments: