News

May 6, 2011

माओवादी सभासद्द्वारा आफनै पार्टी विरोध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीका महिला सभासद्हरूले मन्त्रिपरिषद् विस्तार गर्दा पार्टी महिलाको संख्या निकै कम गरेको भन्दै आफनै पार्टी आलोचना गरेका छन्। माओवादीका केन्द्रीय सदस्य एवम् सभासद् पम्फा भुसाल, हिसिला यमी, जयपुरी र्घर्ती, शशी श्रेष्ठ, यसोदा सुवेदी, अमृता थापा, सरला रेग्मी, रेखा शर्मा, उमा भुजेल, सविना अर्याललगायतले बिहीबार संयुक्त विज्ञप्ति जारी गरी सरकारमा महिलाको न्यून संख्याप्रति चिन्ता गर्दै निर्णयसच्याउनसमेत आग्रह गरेका छन्। मन्त्रिपरिषद् विस्तार गर्दा पार्टीयक्ष पुष्पकमल दाहाल प्रचण्ड’ ले एकलौटी ढंगले नाम पठाएको भन्दै उपाध्यक्ष मोहन वैद्य पक्षले मन्त्रिपरिषद् विस्तारप्रति असहमति जनाएको छ। त्यसैले वैद्य पक्षका मन्त्री, राज्यमन्त्रीले शपथग्रहण गरेका छैनन्। सेती-महाकालीका माओवादी नेताहरूले पनि आफनो क्षेत्र छुटेको भन्दै विरोध गरेका छन्।

No comments: