News

May 8, 2011

सभासदद्वयलाई हिरासतमा राख्न विशेष अदालतको अनुमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २५ - कुटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा पक्राउ परेका सभासदद्वय गायत्री साह र विश्वनाथप्रसाद यादवलाई १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माग गरे बमोजिम अदालतले अनुसन्धानका लागि समय दिएको हो ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ११ अनुसार मुद्दा अपघ बढाएको छ । उनीहरुले भ्रष्टाचार र पदको दुरुपयोग गरेको भन्दै अख्तियारले मुद्दा चलाएको छ । यसअघि प्रहरी हिरासतमा रहेको सभासदद्वयलाई काठमाडौं जिल्ला अदालतले शुक्रबार जनही १०-१० हजार धरौटी लिएर तारेखमा छाडेको थियो । त्यही दिन अख्तियारले दुई जनालाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

No comments: