News

May 15, 2011

इराकमा पनि नेपाली शान्ति सेना जाने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त राष्ट्रसंघको आ³वानमा नेपाली सेनाले पहिलो पटक द्वन्द्वग्रस्त मुलुक इराकमा एक बटालियन सेना पठाउने भएको छ। राष्ट्रसंघले नेपाल सरकारलाई युनाइटेड एसिस्टेन्ट मिसन इन इराक (युनामिड) अर्न्तर्गत नेपाली सेना पठाइदिन आग्रह गरेपछि नेपाल सरकारले सकारात्मक आश्वासन दिएको छ। एक महिना अमेरिकाको भ्रमणमा गएका प्रधान सेनापति छत्रमानसिंह गुरुङसँ गको भेटमा संयुक्त राष्ट्रसंघका उपमहासचिव बि लिन पास्कोले नेपाली सेनालाई इराक मिसनमा पठाउने व्यवस्था मिलाउन आग्रह गर्नुभएको थियो। त्यस क्रममा नेपाली सेनाले इराकमा नेपाली मिसन पठाउन सकिने संकेत दिएपछि राष्ट्रसंघले नेपाल सरकारलाई इराक मिसनमा शान्ति सेना पठाइदिन आग्रह गरेपछि नेपाल सरकारले मिसन पठाउने सेनाको तयारी गर्न सेनालाई निर्देशन दिएको छ।

No comments: