News

May 5, 2011

गृहमन्त्रीले शपथ लिँदै गर्दा प्रहरीमा सरुवा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २२ - नवनियुक्त उपप्रधानमन्त्री कृष्णबहादुर महराले गृहमन्त्रीको शपथ लिइरहँदा प्रहरी प्रधान कार्यालयले ६५ एसपीको सरुवा गरेको छ । डेढ वर्षदेखि रोकिएको जिल्ला प्रहरी प्रमुख रहने एसपीहरूको सरुवा महरा गृहमन्त्री बन्ने भएलगत्तै भएको छ । झन्डै छ महिनादेखि प्रहरी मुख्यालयले दबाबका बाबजुद अत्यन्तै जरुरी स्थानमा काजमा पठाएर सरुवा रोक्दै आएको थियो । उपप्रधानमन्त्री महराले गृह मन्त्रालय सम्हाल्ने माओवादीको आधिकारिक सूचना सार्वजनिक भएलगत्तै प्रधानमन्त्री कार्यालय, गृहसचिव गोविन्द कुसुम र प्रहरी मुख्यालयको संयुक्त प्रयासमा बुधबार राति सरुवा निकालिएको हो । सरुवा भएका अधिकृतहरू सबैले आकर्षक जिल्ला पाएका छन् । केदार रिजाल काठमाडौं, राजु मानन्धर ललितपुर, भोगबहादुर थापा भक्तपुर, सुरेशविक्रम शाह पर्सा, छविलाल जोशी सुनसरी, हरिबहादुर पाल घनुषा, राजेन्द्र श्रेष्ठ मोरङ, राजेन्द्र ढकाल झापा, गणेशबहादुर थापा क्षेत्री बर्दिया, सुरज केसी दाङ, मोहनराज जोशी रौतहट, महेन्द्रकुमार पोख्रेल सप्तरीमा सरुवा भएका छन् । त्यस्तै, दिनेश अमात्य भरतपुर तालिम केन्द्र, बिक्रम थापा पूर्वाञ्चल तालिम केन्द्र, बलराम शर्मा पौडेल कैलाली, शैलेश थापा क्षेत्री नवलपरासी, रवीन्द्रनाथ रेग्मी चितवन, तारणीप्रसाद लम्साल कञ्चनपुर, यादवराज खनाल कास्की, ज्ञानविक्रम शाह बाँके, राजेशकुमार लाल कर्ण सुर्खेत, धिरु बस्नेत कपिलवस्तु, विष्णुहरि गौतम मकवानपुर, दिलीप चौधरी महोत्तरी, गोविन्दराम परियार कल्याण शाखा, नारायणसिंह खड्का प्रहरी मुख्यालयको कर्मचारी प्रशासनमा सरुवा भएका छन् ।

No comments: