News

May 21, 2011

भट्टराईलाई ज्यान मार्ने धम्की दिने मजदुर नेता कारबाहीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ ७ - माओवादीले पार्टी उपाध्यक्ष बाबुराम भट्टराईलाई ज्यान मार्ने धम्की दिने मजदुर नेता जनक बर्तौलालाई कारबाही गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेसिडाँडामा शनिबार बसेको स्थायी समिति बैठकले बर्तौलालाई पार्टी दायित्वबाट तीन महिना हटाउने निर्णय गरेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । शनिबार नै स्थायी समिति बैठकमा बर्तौलालाई बोलाएर बयान लिइएको थियो । .उनले भने 'आफ्ना आदणिय नेता'लाई ज्यान मार्ने धम्की नदिएको दाबी गरे । स्थायी समिति बैठकमै भट्टराईका सुरक्षा गार्ड सनीप क्षेत्रीको पनि बयान लिइएको थियो । उनले भने बर्तौलाले भट्टराईलाई ज्यान मार्ने धम्की दिएको दाबी गरेको बताइएको छ । माओवादी मजदुर संगठनका कार्यकर्ता एवं हयात होटलस्थित क्यासिनो ताराका बाउन्सर जनक बर्तौलाले एक साताअघि पार्टी कार्यालयबाटै टेलिफोन गरी भट्टराईलाई 'चार/पाँच दिनभित्र सिध्याउनुपर्ने' धम्की दिएका थिए ।
खुलेआम धम्की आएपछि भट्टराईले पार्टी महासचिव रामबहादुर थापा र गृहमन्त्री कृष्णबहादुर महरालाई खबर गरी सुरक्षा माग गरेका थिए । स्थायी समिति बैठकले सरकारमा पठाउँदा माओवादीबाट ३३ प्रतिशत महिला सहभागी नगराइएकोमा क्षमायाचना गरेको छ । सरकारमा ३३ प्रतिशत महिला सहभागी नगराइएको भन्दै महिला तथा बालबालिका मन्त्रीमा सिफारिस जयपुरी घर्तीले अझै शपथ लिएकी छैनन् । माओवादीले राजधानीको खुलामञ्चमा जेठ १० गते गर्ने भनेको जनसभा स्थगित गरेको छ । उक्त जनसभा ११ गते गरिने प्रवक्ता शर्माले जानकारी दिए ।

No comments: