News

May 17, 2011

कमल थापाद्वारा सडकबाटै राजतन्त्र घोषणा गर्ने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राप्रपा नेपालका अध्यक्ष कमल थापाले तत्काल राजसंस्था र हिन्दु राष्ट्रबारे पुर्नविचार नगरे सडकबाटै राजतन्त्र घोषणा गर्ने चेतावनी दिएका छन् । राजतन्त्र र हिन्दु राष्ट्रले नै नेपालको हित गर्ने भन्दै उनले वर्तमान अवस्थामा मुलुकमा राजतन्त्र नै अपरिहार्य भएको बताए । आज सुनसरीको सदरमुकाम इनरुवामा संचारकर्मीहरुसित कुरा गर्दे थापाले अझै पनि आफूहरु राजतन्त्र र हिन्दु राष्ट्रको बारेमा जनमत संग्रह गर्नुपर्ने पक्षमा रहे पनि दलहरु नमाने बाध्य भएर राजावादीहरु एक भएर सडकबाटै राजतन्त्रको घोषणा गर्ने चेतावनी दिएका हुन् । मुलुकको वर्तमान अवस्था प्रति पूर्वराजा ज्ञानेन्द्र चिन्तत रहेको जानकारी गराउँदै थापाले नेपाली जनताले अब दलहरुको विकल्प खोज्न थालेको बताए ।

No comments: