News

May 11, 2011

पासपोर्ट दुरुपयोगीविरुद्ध मुद्धा दायर, सभासदद्वय निलम्बित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २८ - कुटनीतिक पासपोर्ट दुरुयोग अभियोगमा पक्राउ परेका सभासदद्वय वीपी यादव र गायत्री शाहविरुद्ध अख्यितार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्धा दायर गरेको छ । सभासदद्वयसहित अख्तियारले अध्यागमन कर्मचारी र जनता दलका अध्यक्ष हरिशचन्द्र शाहविरुद्ध मुद्धा दायर रहेको हो । भ्रष्टाचार निवारण ऐन ०५९ अनुसार सरकारी कागजात सच्चाएको तथा हेरेफेरि गरेको कसुरमा मुद्धा दायर गरेको हो । पासपोर्ट दुरुपयोगमा १ करोड ६२ लाख रुपैयाँ लेनदेन गरेर भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले दुई सभासद् र जनता दलका अध्यक्ष शाहसहित अध्यागमन प्रमुख खडानन्द ढकाल, शाखा अधिकृत भूमिनन्द भण्डारी, श्यामबाबु भण्डारी, कम्प्युटर अधिकृत ईन्द्रकुमार सुनार र बरिष्ठ अध्यागमन सहायक देवीदत्त खत्रीविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो । अख्तियारले बिगोबापत १ करोड ६२ लाख रुपैयाँसहित ५० हजार रुपैयाँ र ५ वर्ष जेल सजाय माग गरिएको छ । अध्यागमनका कर्मचारीका लागि भने ५० हजार रुपैयाँ र २ वर्ष जेल सजाय माग गरिएको छ । कर्मचारीहरु सवै फरार छन् ।
निलम्बित
यसैबीच अख्तियारले मुद्धा दायर गरेसँगै सभासदद्वय निलम्बनमा परेका छन् ।

No comments: