News

May 19, 2011

कांग्रेसले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ ५ - शान्तिप्रक्रिया र लोकतान्त्रिक संविधान निर्माणको पक्षमा जनदबाब सिर्जना गर्न कांग्रेसले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्ने भएको छ । माओवादीका ठूला सभामा देखिने सहभागितालाई चुनौती दिन कांग्रेसले जेठ ६ गतेको सभामा सम्पूर्ण ध्यान लगाएको हो । कांग्रेसले वैशाख ११ देखि थालेको जागरण अभियानको अन्तिम सभा राजधानीमा गर्न लागेको हो । यसअघि राजधानीबाहिर केन्द्रीयस्तरका छ वटा सभामा समेत उसले ठूलो संख्यामा जनपरिचालन गरेको थियो । त्यस्तै ३८ वटा जिल्लास्तरीय सभा पनि गरिएको उसले जनाएको छ । राजधानीको सभामा सहभागिता बढाउन कांग्रेसले वाग्मतीका आठ जिल्लाको २९ निर्वाचन क्षेत्रमा व्यापक प्रचारप्रसार थालेको छ । सभाको उद्देश्यबारे स्थानीयलाई बुझाउन केन्द्रीय कार्यसमितिले प्रत्येक निर्वाचन क्षेत्रमा तीन जना केन्द्रीय सदस्यसमेत खटाएको छ । प्रचारप्रसारका लागि घरदैलो, अन्तरक्रिया, कोणसभा, माइकिङ, पोस्टर, पम्प्लेटिङ, फ्लेक्स, एसएमएसका माध्यम प्रयोग गरिएको छ । शान्ति र संविधानको कार्यसूची लिएर कांग्रेस लामो समयपछि जनपरिचालनमा होमिएको हो ।

No comments: