News

May 23, 2011

चौबीस राजारानी धनकुटामा सयौं युवा लिम्बुवानमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ
२०६७ चैत्र २०, चौबीस धनुकुटा, लिम्बुवान,धनकुटाको चौबीस राजारानीमा २०६७ चैत्र २० गते भएको लिम्बुवानी इलाका स्तरीय आमसभा तथा घेटघाट कार्यक्रममा १६५ जना युवा-युवतीहरू सामूहिक रुपमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदमा प्रवेश भएका छन् । मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद चौबीस राजारानी गाउँ समितिद्वारा आयोजित उक्त लिम्बुवानी इलाका स्तरीय आमसभा तथा भेटघाट कार्यक्रममा परिषदका केन्द्रीय उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, महासचिवद्वय सूर्य माखिम र फाक्ताङलुङ योङहाङ, केन्द्रीय सदस्यहरू दिलकुमार फोम्बो, अशोक चेम्जोङ, चन्द्रसिङ नेम्बाङ, सुनसरी जिल्ला अध्यक्ष डम्बर खजुम, धनकुटा जिल्ला अध्यक्ष देवनारायण लावती, एलभी कमाण्डर जितेश याक्खा, युवाका केन्द्रीय अध्यक्ष सुनिल खेवालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका दिए । प्रमुख अतिथि परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन 'मिराक'ले सम्पूर्ण लिम्बुवानी युवाहरू आफ्नो अधिकारको लागि जाग्नुपर्ने र लिम्बुवान आन्दोलनको मुख्यशक्ति युवाहरू नै भएकोले एकजुट भएर यसरी नै सबै ठाउँ र क्षेत्रका लिम्बुवान आन्दोलनमा लाग्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । वहाँले परिषदमा नवप्रवेशी सबैलाई सामूहिक सपथसमेत गराए । उक्त कार्यक्रम दिलबहादुर सोदेम्बाको सभापतित्व भएको थियो भने स्वागत विजु र्राई र उद्घोषण विद्यार्थी नेता जेण्टल लावतीले गरेको थिए ।

No comments: