News

May 5, 2011

कतारमा कामदार भिसा प्रमाणीकरण लागू

वैशाख २१ - गैरकानुनी प्रक्रियाबाट कामदार झिकाउने क्रम बढेको भन्दै कतारस्थित नेपाली दूतावासले आइतबारदेखि व्यक्तिगत भिसा दूतावासमा अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्ने मापदण्ड लागू गरेको छ । लागू भएको दुई दिनमा पाँच कामदारको भिसा प्रमाणीकरण भएको छ । नेपालबाट एजेन्टले फर्जी काजगात बनाएर पठाएका कामदार समस्यामा पर्न थालेपछि दूतावासले मापदण्ड बनाएको हो । उसले कामदारको भिसा र श्रम सम्झौता (एम्प्लाइमेन्ट कन्ट्याक) अनिवार्य रूपमा दूतावासबाट प्रमाणीकरण हुनुपर्ने जनाएको छ । दुई महिनापछि जुलाई १ -असार १७) देखि संस्थागत रूपमा आउने कामदारको भिसा प्रमाणीकरण पनि अनिवार्य रूपमा गर्नुपर्ने मापदण्ड बनाइएको छ । दूतावासले प्रमाणीकरणको जानकारी आफ्नै वेबसाइटमार्फत दिन सुरु गरेको छ । दूतावासका अनुसार सोमबार लालवीर बुढाथोकी, केसबहादुर पुर्जामगर, कृष्ण ढकाल र उमा निरौलाको भिसा प्रमाणीकरण गरी वेबसाइटमा राखिएको छ । निरौला सेक्युरिटी गार्ड र अन्य तीन जनाको पद लेबर छ । मंगलबार सेल्स गर्ल पदमा सुजिता काफ्लेको भिसा प्रमाणीकरण भएको छ ।

No comments: