News

May 18, 2011

बाबुराम भट्टराईलाई ज्यानमार्ने योजना सत्य हो - माओबादी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओबादीको आफ्नै मजदुर संगठनका नेताले उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई ज्यानमार्ने योजना बनाएकोमा माओवादीले स्वीकार गर्दै्र घटना प्रति दुख व्यक्त गरेको छ । आज पार्टी प्रवक्ता दीनानाथ शर्माले पार्टीका तर्फबाट प्रेस बिज्ञप्ति जारी गर्दै अनुशासनहीन उच्छृङ्खल एवं अराजक व्यक्तिले पार्टी र पार्टी कार्यालयमा प्रवेश गरी उपाध्यक्ष भट्टराईको हत्या गर्ने योजना बनाएको खुलासा सत्य रहेको बताउदै यस्तो षडयन्त्रले पार्टी दुःखित र सतर्क भएको बताउनुभएको विज्ञप्तिमा उल्लेख छ । उहाँले त्यस्तो षडयन्त्रमूलक कसरतको घोर निन्दा र भत्स्रना गर्ने उल्लेख गर्नुभएको छ ।

No comments: