News

May 15, 2011

क्षत्रीको बन्दले जनजीवन प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ १ - १० बुदे माग राखी आन्दोलनमा उत्रिएको क्षत्री राष्ट्रिय आन्दोलन समितिले गरेको काभ्रे बन्दको कारण यहाँको जनजीवन प्रभावित बनेको छ । बन्दको कारण वीपी र अरनिको राजमार्ग लगायत जिल्लाका सबै क्षेत्रमा सञ्चालन हुने यातायात पूर्ण रुपमा बन्द रहे भने शिक्षणसंस्था, कलकारखाना र बजार समेत बन्द भए । बन्दको कारण कक्षा ११ का विद्यार्थीले दुःखकष्टका साथ हिडेर परीक्षा दिनुपरेको थियो । बन्दकै कारण वीपी र अरनिको राजमार्गहुँदै काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, उदयपुर, ओखलढुंगा लगायतका क्षेत्रबाट राजधानी ओहोरदोहोर गर्ने यातायात नचल्दा त्यस क्षेत्रका बासिन्दाले मार खेप्नु परेको थियो । बन्दको क्रममा लठ्ठीसहित आन्दोलनमा उत्रिएका खस क्षेत्रहरुले जातीय राज्यको विरुद्धमा र जातीय सद्भावको पक्षमा नारा जुलुश समेत गरेका थिए । बन्दको बेला एम्बुलेन्स, कृषि उत्पादन बोकेका गाडी भने निर्वाध रुपमा सञ्चालन गर्न दिएका थिए ।

No comments: