News

May 30, 2011

संविधानसभाको म्याद तीन महिना थपको राष्ट्रसंघद्वारा स्वागत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ १६ - नेपालमा राजनीतिक दलहरुबीच सहमति कायम भएर संविधानसभाको म्याद तीन महिना थपिएकोमा संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ । राष्ट्रसंघीय महासचिव वान कि मुनले म्याद थपको स्वागत गर्दै थपिएको समयमा संविधान निर्माणको कार्य पूरा गर्न तथा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन आग्रह गरेका छन् । महासचिव वानका प्रवक्ताद्वारा जारी विज्ञप्ती मार्फत दलहरुलाई निर्धारित समायावधि र स्पष्ट कार्ययोजनाका आधारमा शान्ति प्रक्रियालाई सफलता पूर्वक तार्किक निष्कर्षमा पुर्‍याउन आग्रह गरिएको छ । विज्ञप्तीमा भनिएको छ-'शान्ति र स्थायित्व कायम गर्ने आफ्नो प्रतिवद्धता र जिम्मेवारी पूरा गर्न दलहरुले पाएको अवसरलाई सही रुपमा सदुपयोग गर्नुपर्छ ।' शान्ति प्रक्रियामा राष्ट्रसंघको निरन्तर सहयोग रहने विज्ञप्तीमा उल्लेख छ ।

No comments: