News

May 26, 2011

दलहरुलाई लचकता अपनाउन दश राजदूतको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ १२,नेपालमा रहेको पश्चिमा तथा जापानी गरी दश राजदूतले राजनीतिक दलहरुलाई लचकता अपनाउँदै संविधानसभाको म्याद सकिनु अघि नै सहमतिमा पुग्न आग्रह गरेका छन् । 'शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन, प्रजातान्त्रिक तथा समावेशी नयाँ संविधान लेख्न र संविधानसभाको म्याद थप्नकालागि सहमति जुटाउन राजनीतिक दलहरु बीच विगत केहि सातादेखि भईरहेको सघन छलफललाई हामीले विचार गरिरहेका छौं । संविधानसभाको म्याद सकिनु अगावै बाँकी रहेका घण्टामा हामी सबै राजनीतिक दलहरुलाई लचकता अपनाउँदै उहाँहरु विभक्त गरिरहेका मुद्दाहरुको समाधान खोज्न आग्रह गर्दछौं' राजदूत हरुले भनेका छन्, 'हाम्रो विश्वास छ कि नेपाली जनताले यहि चाहेका छनः शान्ति, स्थायीत्व र सुरक्षामा रहेको प्रजातान्त्रिक नेपाल ।'यसरी संयुक्त बक्तब्य जारी गर्नेमा युरोपेली युनियनको सदस्य राष्ट्र डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, बेलायत तथा युरोपेली युनियनको प्रतिनिधिमण्डल लगायत नर्वे र स्वीट्जरल्याण्ड तथा अष्ट्रेलिया, जापान र अमेरिकाका राजदूत रहेका छन् ।

No comments: