News

May 27, 2011

सञ्चारमन्त्रीको पद खारेजी माग गर्दै सर्वोच्चमा रिट दायर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ १३ - सूचना तथा सञ्चारमन्त्री अग्निप्रसाद सापकोटाको पद खारेजीको माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । व्यक्ति हत्या जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिलाई मन्त्री बनाइएको भन्दै अधिकारवादीहरुको संगठन जवाफदेही तथा निगरानी समितिले मन्त्री सापकोटाविरुद्ध रिट दायर गरेको हो । एड्भोकेसी फोरमकी निर्देशक मन्दिरा शर्मा, राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्यद्वय सुशील प्याकुरेल र कपिल श्रेष्ठ तथा अधिकारकर्मीहरु कनकमणि दीक्षित, गोपालकृष्ण शिवाकोटी, सुबोध प्याकुरेल, चरण प्रसाईं, सुनिलकुमार रञ्जितले संयुक्त रुपमा रिट निवेदन दर्ता गरेका हुन् । रिटमा मन्त्री सापकोटासहित प्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री कृष्णबहादुर महरालाई बिपक्षी बनाइएको छ । मन्त्री सापकोटामाथि २०६२ बैशाख १६ गते काभ्रेको छत्रेबाँझस्थित कृष्ण माध्यमिक विद्यालयको प्राङ्गणबाट स्थानीय अर्जुन लामालाई अपहरण गरी हत्या गरेको अभियोग छ ।

No comments: