News

May 24, 2011

गतिरोध हटाउन माओवादी र काँग्रेसद्वारा कार्यदल गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चुलिंदो राजनीतिक गतिरोध हटाउने उपाय खोज्नका लागि माओवादी र काँग्रेसका शीर्ष नेताहरुको संविधानसभा भवनमा भएको छलफलले २२ नेताहरु रहेको कार्यदल गठन गरेको छ । कार्यदलमा माओवादीका बाबुराम भट्टराई र बर्षामान पुन तथा काँग्रेसका रामशरण महत र मिनेन्द्र रिजाल रहेका छन् । नेताहरुले छलफल भने सकरात्म नभएको बताएका छन् । बैठक पछि माओवादी र काँग्रेसका नेताहरुले आ–आ–आफ्नो अडान कायमै रहेको उल्लेख गरे ।'हामीले संविधानसभाको म्याद थप्नका लागि आग्ह गर्यौ' माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने । त्यसैगरी काँग्रर्स नेता कृष्ण सिटौलाले भने माओवादीले हतियार राज्यलाई नबुझाएसम्म संविधानसभाको म्याद थप्नुको कुनै अर्थ नहुने बताए । छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ छन् भने काँग्रेसका तर्फबाट सभापति सुशील कोइराला संसदीय दलका नेता रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौला, केन्द्रीय सदस्य बिमलेन्द्र निधी लगायतका थिए । काँग्रेस प्रधानमन्त्री जलनाथ खनालले राजीनामा दिनुपर्ने, माओवादी लडाकुलाई रिग्रुपिङ् गर्नुपर्ने, माओवादीका हतियार राज्यलाई बुझाउनु पर्नेलगायतका सर्तहरुमा अडिग रहेको छ । माओवादी, काग्रेस र एमालेले मंगलबार नै साँझ सम्ममा तीन दलको शीर्ष नेता बैठक राख्ने तयारी गरिरहेको स्रोतले जनाएको छ

No comments: