News

May 7, 2011

अलकायदाले पुन अमेरिका माथि आक्रमण गर्ने योजना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पाकिस्तानको अबोत्ताबादस्थित ओसामा बिन लादेन बसेको घरबाटै अलकायदाले पुन अमेरिका माथि आक्रमण गर्ने योजना बनाइरहेको प्रमाण् आफुले पाएको दावी अमेरिकाले गरेकॊ छ । अमेरिकाको ट्वीन टावरमा आक्रमण भएको दशौं वार्षीकीमा बनाउदै पुनःआक्रमण गर्ने योजना बनाइएको प्रमाण लादेनको हत्या गर्दा प्राप्त दस्तावेजबाट पुष्टी भएको बताएको छ । प्राप्त गोप्य योजना अनुसार अमेरिकाको रेल सेवामा लादेन समुहले आक्रमण गर्ने तयारी गरेको अमेरिकी अधिकारीहरुले बताएका छन । अधिकारीहरुको यस्तो भनाई आएपछि ओसामा बिन लादेन बसेको घरमा आक्रमणमा संलग्न सेनाहरुसँग अमेरिकी राष्ट्रपती बाराक ओबामाले भेटेर छलफल गर्ने तयारी गरिरहेको सि एन एन ले जनाएको छ । राष्ट्रपती बाराक ओबामाले नेभी सिलसँग केन्टकीमा भेटेर आक्रमण गर्दाको अवस्था र त्यहाँको वस्तुस्थिती बारे बिस्तृत जानकारी लिन इच्छा राखेको बताइएको छ । सि एन एन ले लेखेको छ अलकायदाले लादेनको हत्याको प्रतिकार गर्ने जनाएकाले यो सत्य हुन सक्छ त्यसको लागि अमेरिका सचेत हुनु आवश्यक रहेको बताएको छ ।

No comments: