लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २१ - विवादले मन्त्री छान्न नसकेको माओवादीले बुधबार आफ्नो भागमा परेका सात मन्त्री र चार राज्यमन्त्री चयन गरेको छ । अध्यक्ष पुष्पकमल दाहालले गृहमन्त्रालयसमेत पाउनेगरी उपप्रधानमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा मन्त्री छानेका छन् । केन्द्रीय समिति, पोलिटब्युरो, स्थायी र पदाधिकारीले अध्यक्ष दाहाललाई मन्त्री छान्ने जिम्मा दिएका थियो । महराले अब उपप्रधानसहित गृह मन्त्रालय पाएका छन् । उनले सम्हाल्दै आएको सञ्चार मन्त्रालयको जिम्मा अग्निप्रसाद सापकोटालाई दिइएको छ । यसैगरी स्वास्थ्य मन्त्रीमा शक्ति बस्नेत, शान्ति मन्त्रीमा विश्वनाथ शाह, महिला बालबालिकामा तथा समाज कल्याण मन्त्रीमा जयपुरी घर्ति मगरको नाम तय गरिएको छ । राम चन्द्र चौधरीलाई भूमिसुधार, उद्योगमन्त्रीमा महेन्द्र पासवान र युवा तथा खेलकुद मन्त्रीमा हितमान तामाङ चयन गरिएको छ । ओवादीले धर्मशिला चापागाईं, हकिकुल्लाह खाँन, ध्रुव कुमार लिम्बु र देवी खड्कालाई राज्यमन्त्री छानेको छ । उनीहरुको 'पोर्टफोलियो' खुलाइएको छैन । माओवादीले यसअघि चार मन्त्री पठाएको थियो ।
पुनद्वारा राजीनामा
शान्ति मन्त्री वर्षमान पुनले पदबाट राजीनामा दिएका छन् । गृहमन्त्रीका रुपमा चर्चामा रहेका उनले सो पद नपाएपछि राजीनामा दिएको स्रोतले बताएको छ ।
No comments:
Post a Comment