News

May 27, 2011

माओवादीले तत्काल हतियार नबुझाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सेना समायोजन प्रक्रिया अगाडि नबढेसम्म सरकारलाई हतियार नबुझाउने एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले स्पष्ट पार्नु भएको छ । शुक्रबार राजधानीमा आयोजित साक्षात्कार कार्याक्रममा सचिव गजुरेलले हतियार सेना समायोजनको प्रकृयासँग जोडिएको विषय भएकोले कांग्रेसले भने जस्तो तत्काल नबुझाउने बताउनु भयो । जसको सरकार भए पनि प्रकृया नपर्‍याई कुनै पनि हालतमा हतियार बुझाउँदैनौं’ उहाँले भन्नुभयो-’हतियार सरकारलाई बुझाए कोही पनि सेना रहँदैन । अनि समायोजन को सँग नागरिक सँग यो हुन सक्दैन । समायोजन प्रक्रियामा गएपछि लडाकुको हतियार सरकारले लिने र आवश्यकता अनुसार हतियार दिने काम हुनु पर्छ ।’हतियार बुझाउन सर्तमा संविधानसभाको म्याद थप्न पक्षमा आपुहरु नरहेको भन्दै उहाँले संविधानसभाको म्याद नथपिए आउने दुर्घटनाको सामना गर्न माओवादी तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो-’हामी जटिल समस्याको सामना गर्दै आएका हौ अब पनि सामना गर्न तयार छौं ।’ उहाँले अहिले नै हतियार बुझाउनु पर्ने माग शान्ति सम्झौता विपरित भएको दावी गर्नुभयो । प्रधानमन्त्री झलनाथ खनाललाई माओवादीले नै प्रधानमन्त्री बनाएको उल्लेख गर्दै सचिव गजुरेलले आफैंले बनाएको प्रधानमन्त्री र सरकारको राजिनामा नमाग्ने स्पष्ट पार्नुभयो ।

No comments: