लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी लिम्बू
खाँदबारी, संखुवासभा, लिम्बुवान २०६८ बैशाख १२,लिम्बुवानको ऐतिहासिक भूभाग संखुवासभाको समग्र क्षेत्रलाई लिम्बुवान राज्य कायम गराउन मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समितिले संखुवासभाको खाँदबारीमा एक लिम्बुवान आमसभा गर्दै प्रथम जिल्ला सम्मेलन गरेर नयाँ नेतृत्व चयन गर्दै संखुवासभा घोषणा-पत्रसमेत जारी गरेको छ । मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अधयक्ष कुमार लिङ्देन 'मिराक' को प्रमुख आतिथ्यमा यही बैशाख ११ गते खाँदबारीमा सम्पन्न उक्त लिम्बुवानी आमसभालाई प्रमुख अतिथि मञ्चका अध्यक्ष मण्डल सदस्य तथा लिम्बुवानका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन 'मिराक', मञ्चका अध्यक्ष मण्डल सदस्य तथा संघीय महिला मञ्चका अध्यक्ष विष्णु तुम्बाहाङ्फे राई , लिम्बुवान केन्द्रीय सदस्य इन्द्र श्रेष्ठ र एलभी कमाण्डर मुक्साम लाबुङ लगायतबाट सम्बोधन गरिएको थियो । आमसभामा स्थानीय संघीय लिम्बुवान कलाकार परिषदबाट 'च्याबुङ नाच' र याक्खा स्वायत्त परिषदबाट याक्खा जातिको मौलिक साँस्कृतिक नाच 'डोकेनी नाच'समेत प्रस्तुत गरिएको थियो ।
खाँदबारी, संखुवासभा, लिम्बुवान २०६८ बैशाख १२,लिम्बुवानको ऐतिहासिक भूभाग संखुवासभाको समग्र क्षेत्रलाई लिम्बुवान राज्य कायम गराउन मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समितिले संखुवासभाको खाँदबारीमा एक लिम्बुवान आमसभा गर्दै प्रथम जिल्ला सम्मेलन गरेर नयाँ नेतृत्व चयन गर्दै संखुवासभा घोषणा-पत्रसमेत जारी गरेको छ । मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अधयक्ष कुमार लिङ्देन 'मिराक' को प्रमुख आतिथ्यमा यही बैशाख ११ गते खाँदबारीमा सम्पन्न उक्त लिम्बुवानी आमसभालाई प्रमुख अतिथि मञ्चका अध्यक्ष मण्डल सदस्य तथा लिम्बुवानका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन 'मिराक', मञ्चका अध्यक्ष मण्डल सदस्य तथा संघीय महिला मञ्चका अध्यक्ष विष्णु तुम्बाहाङ्फे राई , लिम्बुवान केन्द्रीय सदस्य इन्द्र श्रेष्ठ र एलभी कमाण्डर मुक्साम लाबुङ लगायतबाट सम्बोधन गरिएको थियो । आमसभामा स्थानीय संघीय लिम्बुवान कलाकार परिषदबाट 'च्याबुङ नाच' र याक्खा स्वायत्त परिषदबाट याक्खा जातिको मौलिक साँस्कृतिक नाच 'डोकेनी नाच'समेत प्रस्तुत गरिएको थियो ।
यस सम्मेलनले इन्द्रमान लिङथेपको अध्यक्षतमा २१ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरको छ । नव निर्वाचित कार्य समितिको अध्यक्षमा इन्द्रमान लिङ्थेप, उपाध्यक्ष श्यामकुमार लिम्बू, उपाध्यक्ष पूर्णप्रसाद लिम्बू, सचिव सशिकुमार लिङ्थेप लिम्बू र अर्थ सचिवमा राजकुमार थक्लुङ रहेका छन् । अन्य सचिवालय सदस्यहरूमा हर्कबहादुर माबो, गंगा थोप्रा, नरेन्द्रकुमार वनेम, टेकबहादुर याम्फू, डिकबहादुर याक्खा र इश्वर याक्खा निर्वाचित भएका छन् । त्यसैगरी, जिल्ला कार्य समिति सदस्यहरूमा देवेन्द्र थक्लुङ, इन्द्र नेयङ, कीर्तिमान लिम्बू, जीवन लिम्बू, सलिना लिम्बू, चेतन लिम्बू, कर्णबहादुर लिम्बू, बुद्धिप्रसाद भट्टर्राई, सीता याक्खा र केबी तामाङ रहेका छन् ।
यसैगरी, यही जिल्ला सम्मेलनबाट अन्य विभिन्न भातृ सङ्गठनहरू पनि गठन भएका छन् । भातृसङ्गठन लिम्बुवान भोलेण्टियर्स एलभीका सिनियर फिल्ड कमाण्डर रामकुमार नेयोङको नेतृत्वमा ५१ सदस्यीय संखुवासभा एलभी कमाण्ड गठन भएको छ । यस सम्मेलनले कमला याक्खाको अध्यक्षतामा ३३ सदस्यीय संघीय लिम्बुवान महिला परिषद, ठाकुरसिङ लिम्बूको संयोजकत्वमा १५ सदस्यीय संघीय लिम्बुवान युवा मञ्च, कृष्णबहादुर वनेमको संयोजकत्वमा ११ सदस्यीय तुम्याहाङ परिषद, मनकुमार याक्खाको संयोजकत्वमा १६ सदस्यीय संघीय लिम्बुवान कलाकार परिषद र जीवन लिम्बूको अध्यक्षतामा १७ सदस्यीय संघीय विद्यार्थी युनियन लिम्बुवान जिल्ला कार्य समिति संखुवासभा गठन भएको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति संखुवासभाको प्रथम जिल्ला सम्मेलनले जारी गरेको ११ बुँदे संखुवासभा लिम्बुवान घोषणा-पत्र निम्नानुसार रहेको छ-
संखुवासभा खाँदबारी घोषणा-पत्र
१. ऐतिहासिक पृष्ठभूमिको आधारमा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) महासन्धि नं. १६९, यूएनड्रीप र आत्मनिर्णयको अधिकारसहितको संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष नेपालअर्न्तर्गत संखुवा-अरुण-सप्तकोशीपूर्वको नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य घोषणा गरियोस् । यो लिम्बुवानी आन्दोलनमा संखुवासभा जिल्लाले अग्रणी भूमिका खेल्नेछ ।
२. संखुवासभा जिल्लाको सबै सरकारी/गैरसरकारी निकाय र विकास निर्माणमा आदिवासी, दलित, महिला एवम् अन्य जातिहरूलाई समानुपातिक सहभागिता गरिनुपर्दछ ।
३. ''मिशन ग्रिन लिम्बुवान''अन्तर्गत् संखुवासभा जिल्ला र समग्र लिम्बुवानलाई अर्गानिक लिम्बुवान बनाउन मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले पहल गर्नेछ ।
४. ''संखुवासभा टुक्राउन पाइँदैन र समग्र संखुवासभा ऐतिहासिक लिम्बुवानमा नै रहनुपर्दछ । संखुवासभाभित्रका याक्खा, लोहोरुङ, याम्फू, सिङ्सा, मेवाहाङलगायतको लिम्बुवानभित्रै अधिकार सम्पन्न स्वायत्त क्षेत्रहरू रहने छन् । ती स्वायत्त क्षेत्रहरूको सरकारी कार्यालयहरूमा तीनवटा झण्डाहरू राखिनेछ । पहिलो नेपालको संघीय(राष्ट्रिय) झण्डा, दोस्रो लिम्बुवान राज्यको झण्डा र तेस्रो सम्बन्धित स्वायत्त क्षेत्रको झण्डा हुनेछ ।''
मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको उपर्युक्त प्रस्तावलाई संखुवासभाका सबै आदिवासीहरूको घर आँगनमा गएर लिम्बुवान गोलमेच सम्मेलन आयोजना गरिनेछ ।
५. संखुवासभा जिल्लामा कार्यरत सबै राजनीतिक पार्टी, संघ संस्थाहरूलाई संखुवा-अरुण-सप्तकोशीपूर्व नौ जिल्ला लिम्बुवान स्थापना गर्न र संखुवासभा जिल्लालाई टुक्रन नदिने आन्दोलनमा सहभागी गराउन सबै पार्टीहरूसँग छलफल र बहस अघि बढाइनेछ ।
६. मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद संखुवासभाले एक वर्षभत्रमा दश हजार लिम्बुवानी क्रियाशील सदस्य बनाउने प्रण गर्दछ ।
७. सम्पूर्ण लिम्बुवानवासीहरूले पाँचवटा रुख र एउटा फूल रोप्ने अभियान र संखुवासभाका सबै सरकारी कार्यालय र विद्यालयहरूमा फूल रोप्ने, शौचालय बनाउने अभियानलाई तीब्रताका साथ अघि बढाइनेछ ।
८. संखुवासभा जिल्लामा हुने सबै प्रकारको भ्रष्टाचार र अनियमितताको विरुद्धमा साहसका साथ आवाज उठाइनेछ । संखुवासभामा उठेको राजश्व कर संखुवासभामै लगानी हुनुपर्दछ ।
९. पहिले संघीयता र अरुणपूर्व नौ जिल्ला लिम्बुवानको स्थापना, त्यसपछिमात्र निर्वाचन हुनुपर्दछ । त्यसैले, अहिले एकात्मक मतदाता नामावली सङकलन कार्य तुरुन्त बन्द गर ।
विदेशमा परिश्रम गरेर रेमिट्यान्स पठाउने नेपालीहरूले विदेशबाटै इन्टरनेटमार्फ् भोट दिने व्यवस्था गर ।
१०. मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले आपनो छाता सङ्गठन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमार्फत् संविधान सभाको चुनावमा भाग लिई पन्ध्रौं राष्ट्रिय दल भएको, २०६४ फागुन १८ गते सरकारसँग लिम्बुवान सुनिश्चित हुने र्सतमा पाँचबुँदे सहमति गरेको र हाल लिम्बुवानको अन्य आठवटै जिल्लाहरूमा र्सवदलीय संयन्त्र र शान्ति समितिमा रही लिम्बुवानको सबैभन्दा गतिशील र सशक्त पार्टीको रुपमा अघि बढिरहेकोले संखुवासभाको जिल्ला, नगर र सबै गाविसहरूको र्सवदलीय संयन्त्र र शान्ति समितिमा तुरुन्त सहभागी गराइयोस् । यदि सहभागी नगराइए यस परिषद सशक्त आन्दोलनमा उत्रन बाध्य हुनेछ ।
११. २०६८ जेठ १४ गतेभित्रै नौ जिल्ला लिम्बुवानसहितको संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष नेपालको संविधान जारी गर ।
सम्लेनद्वारा प्रेसित उक्त प्रेस विज्ञप्ति र संखुवासभा लिम्बुवान घोषणा-पत्रमा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति संखुवासभाका अध्यक्ष इन्द्रमान लिङ्थेपले हस्ताक्षर गरेका छन् ।
No comments:
Post a Comment