News

May 10, 2011

सुडान घोटालाबारे अख्तियारको प्रतिवेदन तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
शान्ति स्थापनार्थ सुडानमा खटिएका नेपाल प्रहरीलाई बन्दोबस्तीको सामान किन्दा सामान्य काम पनि नभई ३७ लाख २५ हजार अमेरिकी डलर भुक्तानी गरिएको निष्कर्षहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतले प्रतिवेदन तयार पारेका छन्। अख्तियारका अनुसन्धान अधिकृत राजेन्द्र सुवेदीले विभिन्न किसिमबाट अनुसन्धान गरी सो निष्कर्षहित प्रतिवेदन तयार पार्नुभएको अख्तियार स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दियो। प्रतिवेदनमा आर्म्ड पर्सनल क्यारिएर -एपीसी) खरिद गर्नका लागि ३० लाख र अन्य सामान किन्नका लागि ७ लाख २५ हजार अमेरिकी डलर खर्च भएको उल्लेख भएको बताइन्छ। सो काण्डमा प्रहरीप्रमुख भएका तीन जना दोषी भएका प्रतिवेदनमा जनाइएको छ। प्रमुख दोषी भएका पूवप्रहरी प्रमुखहरूमा ओमविक्रम राणा र हेमबहादुर गुरुङ हुनुहुन्छ। प्रतिवेदनले ती दुइभन्दा कम दोषी वर्तमान प्रहरीप्रमुख रमेशचन्द्र ठकुरी रहेको उल्लेख छ।

No comments: