News

May 30, 2011

सहमति कार्यान्वयनमा मुख्य तीन जटिलता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ १६ - प्रमुख तीन दलबीच संविधानसभाको म्याद थप्ने क्रममा शान्ति प्रक्रिया र संविधान निर्माण अघि बढाउन भएको सहमति कार्यान्वयनमा मुख्य तीन जटिलता छन् । पहिलो- राष्ट्रिय सहमतिको सरकार निर्माण, दोस्रो- शान्ति प्रक्रियाका मूलभूत काम पूरा र तेस्रो- संविधानको पहिलो मस्यौदा तयार गर्नु । राष्ट्रिय सरकार कि शान्ति प्रक्रिया पहिले बनाउन सुरु गर्ने भन्ने विषयमा मुख्य दलबीच मतभेद छ । थप अवधिमा माओवादीले राष्ट्रिय सहमति गरी शान्ति प्रक्रिया अघि बढाउन जोड दिएको छ भने कांग्रेसले शान्ति प्रक्रियासँगै राष्ट्रिय सहमतिको सरकारलाई प्राथमिकतामा राखेको छ । माओवादीले राष्ट्रिय सहमतिको सरकार गठन भए मात्र सहमति कार्यान्वयनमा तीव्रता आउने जनाएको छ । माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले शान्ति र संविधान निर्माण प्रक्रिया अघि बढाउन दलहरूको पहिलो काम राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताए । 'सहमतिलाई तीन महिनाभित्र कार्यान्वयन गर्न जतिसक्दो छिटो राष्ट्रिय सहमतिको सरकार बन्छ, त्यति नै प्रक्रिया अघि बढ्छ,' उनले कान्तिपुरसँग भने, 'शान्ति र संविधानमा केन्दि्रत हुन राष्ट्रिय सहमतिको सरकार बनाउन केन्दि्रत हुनुपर्छ । प्रमुख दल सहमति कार्यान्वयनमा लाग्नुपर्छ ।'

No comments: