News

May 18, 2011

निजामती कर्मचारीले सगरमाथा चढे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ ४ - निजामती सेवाका ९ जना कर्मचारीले बुधबार सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । प्रथम आरोहण अभियान अन्तर्गत चैत २४ गते त्यसतर्फ गएका उनीहरुले बिहान सगरमाथाको सफल आरोहण गरेका हुन् । आरोहण गर्नेमा ज्ञानेन्द्र कुमार श्रेष्ठ, सन्त कुमार महर्जन, हरि गुँरागाईं, हरि ढकाल, सुविर श्रेष्ठ, तलसीराम भण्डारी, सुरज पोखरेल, पदम भण्डारी र खिमलाला गौतम छन् । यसैगरी आरोही कर्मचारीहरुसँगै आरोही सहयोगीका रुपमा गएका १५ जना गाइडले पनि सकुशल सगरमाथाको आरोहण गरेको पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समितिले जनाएको छ ।

No comments: