News

May 23, 2011

दुई घण्टा ढिलो संसदको बैठक सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ ९ - ब्यवस्थापिका संसदको बैठक सोमबार करिव दुई घण्टा ढिलो सुरु भएको छ । संसदमा संविधानसभाको म्याद थप सम्बन्धमा सरकारले दर्ता गरेको विद्येयक प्रस्तुत गर्नका लागि अनुमति लिने कार्यसूची रहेको छ । आइतवार बस्ने भनिएको बैठक प्रमुख प्रतिपक्षी दल काँग्रेसलगायतका मधेसवादी दलहरुको बिरोधका कारण सूचना टाँसेर स्थागित गरिएको थियो । बैठकमा सभासद्हरुले समय माग गरेर बोलेका छन् । यसपछि सुरुमा संविधानसभाको म्याद थप सम्बन्धमा सरकारले दर्ता गरेको विद्येयकको बिरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले दर्ता गराएको विरोध सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ । उक्त प्रस्ताव अस्वीकृत भएमा संविधानसभाको म्याद थप सम्बन्धी बिद्येयक प्रस्तुत गर्नका लागि अनुमति लिने प्रकृया सुरु हुने छ । यही जेठ १४ गते संविधानसभाको म्याद सकिने हुँदा सरकारले यसअघि नै एक बर्ष म्याद थपका लागि विद्येयक दर्ता गरिसकेको छभने विपक्षी दलहरुले त्यसको विरोध गरी रहेका छन् ।

No comments: