News

May 18, 2011

अमेरिका पस्न खोज्ने नेपालीसहित ५ सय १३ मेक्सिकोमा समातिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ ४ - मेक्सिको सिटी, ४ जेठ अवैध रुपमा मेक्सिको हुँदै अमेरिका पस्न खोज्ने नेपालीसहित ५ सय १३ जना समातिएका छन् । सबैजसो मध्य-अमेरिका र एसियाली मुलुक – एल साल्भाडोर, इक्वेडर, चीन, जापान, ग्वाटेमाला, भारत, नेपाल, होन्डुरस र डोमिनिकन रिपब्लिकका भएको सिएनएनले जनाएको छ । उनीहरुलाई दुई ट्रयाक्टर-ट्रेलरमा हालेर अमेरिका छिराउन लाग्दा चियापास भन्ने ठाउँमा समातिएको मेक्सिकोका अधिकारीले बताएका छन् । सुरक्षाले रोक्न खोज्दा भाग्ने दुई चालक समातिएका छन् । प्रत्येकबाट ७ हजार डलर लिएर अमेरिका छिराउन खोजिएको खुल्न आएको सुरक्षाले बताएको छ । सबैको अवस्था मानवीय दृष्टिले दयनीय रहेकाले खाना, बसोबास र औषधी सुविधा उपलब्ध गराई देश फर्काउन सम्बन्धित कन्सुलेट र दूतावासमा सम्पर्क गरिएको अधिकारीले बताएका छन् । सन् २०१० मा अवैध रुपमा मेक्सिको हुँदै अमेरिका पस्न खोज्ने २५ हजार मेक्सिकोमा पक्राउ परेका थिए । ग्वाटेमालाको सिमानामा पर्ने चियापास अवैध रुपमा अमेरिका छिर्न खोज्नेको नाका बनेको छ ।

No comments: