News

May 4, 2011

संयुक्त गठबन्धनको नेवाः राज्यमा अन्तरक्रिया

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ
थिमि, भक्तपुर/काठमाडौं १६ वैशाख २०६८,विभिन्न आठ राजनीतिक सङ्गठनको जातीय स्वायत्तता र संघीयताका लागि संयुक्त गठबन्धनले मुलुकभर संविधानमा आदिवासी जनजातिका हक, अधिकार विषयमा अन्तरक्रिया कार्यक्रम गर्नेक्रममा यही २०६८ बैशाख १६ गते नेपाः राष्ट्रिय पार्टीको संयोजन र आतिथ्यमा यचु मध्यपुर थिमि भक्तपुर, काठमाडौमा एक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भयो । गठबन्धनमा आवद्ध सङ्गठन नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा. केशवमान शाक्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आदिवासी-जातीय क्षेत्रीय महासंघ, नेपालका सुरेश आले मगर, ताम्सालीङ नेपाल राष्ट्रिय दलका परशुराम तामाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका डीबी लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीका चन्द्र श्रीस मगर, जनमुक्ति पार्टी नेपालका अटलमान र्राई, अखिल नेपाल आदिवासी जनजाति महासंघ (एकीकृत) का नगेन्द्र र्राई, आदिवासी जनजाति महासंघ (समाजवादी)का रामसिंह लामा, नेपाः राष्ट्रिय पार्टीका डा. रमेशकुमार शाक्य, डा. विजय सैंजू, नरेश शाक्य र सभासद बुद्ध सायमीलगायत प्रतिनिधिहरू अतिथिका रुपमा रहेका थिए ।
गत वैशाख चैत्र २३ गते लिम्बुवानको दमका गरिएपछि गरिएको यो अन्तक्रिर्या कार्यक्रममा बोल्दै नेपाः राष्ट्रिय पार्टीका सभासद बुद्ध सायमीले ऐतिहासिक नेवाः राज्यलाई मेटाएर कथित राजधानी प्रदेश बनाउने षडयन्त्र भइरहेको बताउँदै यस्ता षडयन्त्रको विरुद्धमा सम्पूर्ण नेवाःवासी नेवार जाति र आदिवासी जनजातिहरू आन्दोलित हुनुपर्ने आवश्यकता रहेको औल्याउँनु भयो ।
यसैगरी, यही कार्यक्रममा बोल्दै राष्ट्रिय जनमुक्ति पार्टीका सचिव चन्द्र श्रीस मगरले अहिले नेपालका आदिवासी जनजातिका राजनीतिक सङगठनहरूका कसैको पूर्वमा सङ्गठन हुँदा पश्चिममा नहुने, पश्चिममा हुँदा पूर्वमा नहुँने र पहाडमा हुँदा तर्राईमा नहुने अवस्था रहेकोले यसरी मुद्दा मिल्नेहरूबीच गठबन्धन गरेरै अघि बढ्नु आवश्यकता परेको बताए ।
यसरी नै आदिवासी जनजाति महासंघ (समाजवादी) का अध्यक्ष रामसिंह लामाले यही संविधानसभाबाट समयै र्सार्थक संविधान जारी हुनुपर्ने र संविधान नबनेसम्म संविधान सभा विघटन हुनु नहुने तर संविधान नै नबनाउने संविधान सभा यसरी राखी राख्नुको औचित्य पनि नहुने धारणा राख्नुभयो ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका डीबी लिम्बूले नेपालका नेवार र तामाङ जातिहरु एकात्मक सत्ताको केन्द्र काठमाडौं र यसको वरिपरि उल्लेख्य सङ्ख्यामा रहेकाले यी जातिले चाहे जस्तोसुकै दबाब र परिवर्तन पनि गर्नसक्ने बताउँदै सहयोग गर्न लिम्बुवान र खम्बुवानलगायत तयार रहेको बताए । लिम्बूले अब लिम्बुवान, खम्बुवान, ताम्सालीङ/तामाङसालीङ, नेवाः, मगरात, तमुवान, थरुहट र खसानलगायतका राज्यहरु चाहने जनताहरु एक भएर आन्दोलन गर्नुको विकल्प नरहेकोले सोका लागि एकतावद्ध हुनसमेत आह्वान गर्दै गठबन्धनको राज्यको शासकीय स्वरुपप्रतिको धारणाबारे जानकारी गराए । यसरी नै, जनमुक्ति पार्टी नेपालका अधयक्ष अटलमान र्राईले संविधान सभा, प्राकृतिक स्रोत, आर्थिक अधिकार तथा राज्य बाँडफाँड समितिको मस्यौदा उपर गठबन्धनको धारणा राखेका थिए ।
अर्का वक्ता अखिल नेपाल आदिवासी जनजाति महासंघ (एकीकृत) का अध्यक्ष नगेन्द्र र्राईले सो अन्तक्रिर्या कार्यक्रममा बोल्दै आदिवासी जनजातिहरूले अब थप हार्नु र गुमाउनु केही नभएको तर यी शासकहरू हार्दा उनीहरूको सत्ता गुम्ने डर भएकोले उनीहरूले आजसम्म एकोहोरो आइपाई आएको भाग खोसिने डरमा उनीहरूले सत्ता साझेदार गर्न नचाहेको आरोप लगाउनु भयो ।
ताम्सालीङ नेपाल राष्ट्रिय दलका अध्यक्ष परशुराम तामाङले राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड समितिको मस्यौदाबारे गठबन्धनको धारणा राख्दै राज्य संरचनामा सुनकोशी र नारायणीजस्ता कथित राज्यहरु जबर्जस्ती घुसाएको र यसरी यस्ता राज्यहरू घुसाउनु भनेको सिद्धान्ततः अन्तर्राष्ट्रिय कानुन र आदिवासीय अधिकारको उपेक्षा गरेको बताउनु भयो । तामाङले यदि अहिले संविधान सभामा प्रस्तावित मस्यौदा प्रस्तावलाई जस्ताको तस्तै पारित गर्ने हो भने संघीयता हुँदाहुँदै पनि यहाँका आदिवासीहरूको हितविपरीत भई अधिकारविहीन हुने बताउनु भयो ।
त्यसैगरी, आदिवासी जातीय क्षेत्रीय महासंघका, नेपालका अध्यक्ष अध्यक्ष सुरेश आले मगरले एकीकृत नेकपा माओवादी जातीयता, स्वशासन र स्वायत्तताका सवालमा एक्दमै स्पष्ट रहेको र पार्टी र महासंघको तर्फाट यस सवालमा अडिग भई लागिरहने प्रतिवद्धता जनाउनु भयो । वहाँले संविधान सभा मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको बारेमा गठबन्धनको धारणा राख्नु भएको थियो ।
यस्तै नेपाः राष्ट्रिय पार्टीका डा. रमेशकुमार श्रेष्ठले स्वशासित राज्य चाहने आदिवासीहरू आफ्नो समस्या आफै समाधान गर्नसक्ने र आवश्यक पर्दा एकहुन पनि सक्दा रहेछन् भन्ने उदाहरण भर्खरै नेवाः र ताम्सालीङले गरेको बन्दले देखाएको बताउनु भयो ।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष डा. केशवमान शाक्यले अन्य पार्टीमा रहेका आदिवासी नेतृत्वहरूलाई पार्टी छोडाउनुभन्दा पनि त्यो पार्टीको एकात्मक सिद्धान्तलाई नै परिवर्तन गराउने तर्फलाग्नुपर्ने बताउनु भयो । कार्यक्रममा नेवाः राज्यका नेवार समुदायको उल्लेख्य उपस्थिति रहेको थियो । यस गठबन्धनको अब अर्को अन्तक्रिया कार्यक्रम यही वैशाख २१ गते तमुवानको पोखरामा हुने कार्यक्रम रहेको छ ।
फोटोः सेमिमा लिम्बू

No comments: