News

May 20, 2011

हरेक नेपाली नागरिकले अनिवार्य सैन्य तालिम लिनु नपर्ने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हरेक बालिग नेपाली नागरिकले अनिवार्य सैन्य तालिम लिनु नपर्ने भएको छ । नयाँ संविधानका विषयवस्तुमा रहेका विवाद समाधान गर्न गठित उपसमितिको आज बिहान सिंहदरबारमा बसेको बैठकले १८ वर्ष उमेर पुगेका हरेक नेपालीले सैन्य तालिम लिनु नपर्ने निर्णय गरेको हो । यसअघि माओवादीले नयाँ संविधानमा राष्ट्रिय सुरक्षाका लागि १८ वर्ष पूरा भएका हरेक नेपाली नागरिकले सैनिक तालिम दिने व्यवस्था गर्नु पर्ने अडान राख्दै आएको थियो । यो सँगै नयाँ संविधान निर्माणका क्रममा देखिएका विवादको संख्या २१ मा झरेको छ । आजको बैठकमा राष्ट्रियसभाको भूमिका, काम, कर्तव्य र अधिकारका साथै न्यापालिका र राजदुत नियुक्तिलगायतका विषमा रहेका विवादबारे छलफल हुने बताइएपनि कंग्रेसको राजधानीमा हुने जनसभाका कारण बैठक आधा घण्टामात्र बसेर स्थगित गरिएको माओवादी मुख्य सचेतक पोष्टबहादुर बोगटीले जानकारी दिए ।

No comments: