News

May 18, 2011

लोकतान्त्रिक राष्ट्रिय पार्टीका उपाध्यक्ष दिपक मनाङ्गे पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बैठकमा आफ्नै पार्टीका नेतालाई मुक्का र लात्ती हानेपछि काठमाडौंका डनका रुपमा चिनिएका संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका उपाध्यक्ष दिपक मनाङ्गे पक्राउ परेका छन् । शान्तिनगरस्थित पार्टी कार्यालयमा मंगलबार बैठक चलिरहेको बेला मनाङेले पार्टीका जनसम्पर्क विभाग प्रमुख चन्द्रनारायण थारुलाई मुक्का र लात्ती हानेका थिए । बैठकमा विवाद भएपछि उनले हातपात गरेका हुन् । कुटपिटगरेर कार्यालयबाट निस्किएका मनाङेलाई प्रहरीले गएराती ८ बजे ठमेलबाट पक्राउ गरेको हो । काठमाडौं गेष्टहाउस नजिकैबाट सादान पोशाकका प्रहरीले एक होटलबाट निस्कँदै गर्दा पक्राउ गरेको महानगरीय प्रहरी प्रभाव सोह्रखुट्टेका प्रहरी निरीक्षक शिव सिंहले बताउनुभयो ।

No comments: