News

May 28, 2011

सङ्कटकाल लगाएर भएपनि म्याद थप गर्ने माओवादी निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली काङ्ग्रेससँग सहमति नभए सङ्कटकाल लगाएर भएपनि संविधानसभाको म्याद थप गर्ने तयारी एकीकृत नेकपा माओवादीले गरेको छ । माओवादीको स्थायी समितिको बिहान बसेको बैठकले हतियार बुझाउने बिषयमा असहमति व्यक्त गरेको छ । हतियार बुझाएर आत्मसमर्पण गर्ने निति माओवादीको नभएको भन्दै काङ्ग्रेसले राखेको र्सतप्रति पूर्ण रुपमा सहमत हुन नसकिने दाबी माओवादीले गरेको छ । अन्य दलहरु म्याद थपको लागि सहमत हुन नसकेमा सङ्कटकाल लगाएर भएपनि म्याद थप्ने निर्णय भएको माओवादी स्रोतले जनाएको छ । बैठकले सहमतिको लागि खाका तयार गरेपनि सार्वजनिक भने गरिएको छैन । स्थायी समितिले वर्तमान सरकारको विकल्पस्वरुप राष्ट्रिय सहमतिको सरकारबारेको बिषयलाई भने यथावत राख्ने निर्णय गरेको छ ।

No comments: