News

May 15, 2011

विभिन्न मन्त्रालयका सचिवहरूको जिम्मेवारी हेरफेर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ सरकारले सय दिन पूरा गरेकै दिन सरकारले विभिन्न मन्त्रालयका सचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार सम्पन्न बैठकको निर्णय अनुसार सचिवहरूको जिम्मेवारी हेरफेर गरेको जानकारी प्रमका प्रेस सल्लाहकार र्सूय थापाले दिनुभयो। अर्थसचिव रामेश्वर खनालले राजीनामा गरेपछि रिक्त रहेको सचिवको जिम्मेवारी अर्थकै राजस्व हर्ेने कृष्णहरि बाँ स्कोटालाई दिइएको छ भने गृहसचिवमा लीलामणि पौडेललाई ल्याइएको छ। प्रधानमन्त्रीको कार्यालयमा डा. गोविन्द कुसुम र पुरुषोत्तम ओझालाई ल्याइएको छ।
यसै गरी रक्षामा नवीन घिमिरे, परराष्ट्रमा डा. मदनकुमार भट्टर्राई, वनमा छविराज पन्त, स्थानीय विकासमा सुशील घिमिरे, शिक्षामा शंकर पाण्डे, सामान्य प्रशासनमा प्रतापकुमार पाठक, सूचना तथा सञ्चारमा श्रीधर गौतम, भौतिक योजना तथा पुनः निर्माणमा पूण कडरिया, पर्यटनमा गणेशराज जोशी, शान्तिमा ध्रुव शर्मा, भूमिसुधारमा केशव भट्टर्राई, उद्योगमा शंकर कोइराला, कानुनमा माधव पौडेल, स्वास्थ्य तथा जनसंख्यामा सुधा शर्मा/प्रवीण मिश्रलाई सचिवको जिम्मेवारी तोकिएको छ। त्यस्तै महिला तथा बालबालिकामा आनन्द पोखरेल, युवा तथा खेलकुदमा श्रीराम पन्त, ऊर्जामा बालानन्द शर्मा, श्रममा दिनेशहरि अधिकारी, कृषिमा नाथुराम चौधरी, वाणिज्य तथा आपूर्तिमा सुशीलजंग राणा, वातावरणमा कृष्ण ज्ञवाली, संस्कृतिमा मोदराज डोटेल र प्रमोद कार्की, विज्ञान तथा प्रविधिमा डा. रामहरि अर्याल, सिँ चाइमा ताना गौतम, लोकसेवा आयोगमा श्यामप्रसाद मैनाली, निर्वाचन आयोगमा किशोर थापा, जल तथा ऊर्जा आयोगमा शीतलबाबु रेग्मी, राष्ट्रिय र्सतर्कता केन्द्रमा यज्ञ गौतम, कानुन आयोगमा मोहन बन्जाडे, ट्रस्टको कार्यालयमा वृन्दा हाडा, सूचना आयोगमा उमाकान्त झा, राष्ट्रिय योजना आयोगमा युवराज भुसाल तथा अतिरिक्त (प्रम कार्यालय काज) मा सोमलाल सुवेदीलाई सचिवको जिम्मा दिइएको छ। क्षेत्रीय प्रशासकमा भने पूवाञ्चलमा धरणीधर खतिवडा, मध्यमाञ्चलमा हरेराम कोइराला (कामु), पश्चिमाञ्चलमा हर्रि्रसाद नेपाल, मध्यपश्चिमाञ्चलमा धनराज रताला (कामु) र सुदूरपश्चिमाञ्चलमा जयमुकुन्द खनाललाई जिम्मेवारी दिइएको छ।

No comments: