News

May 23, 2011

मधेसी जनअधिकार फोरम नेपाल तेस्रो पटक विभाजित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मधेसी जनअधिकार फोरम नेपाल तेस्रो पटक विभाजित भएको छ। फोरम विभाजनले दुई तिहाइ बहुमत पुर्‍याएर संविधानसभाको म्याद थप्ने सरकारी चाहलाई असर पर्नेछ। जयप्रकाश गुप्ताको अध्यक्षतामा सोमबार संसद सचिवालयमा दर्ता गरिएको नयाँ दल मधेसी जनअधिकार फोरम गणतान्त्रिकमा १३ सभासद छन्। प्रधानमन्त्री झलनाथ खनालको सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा विवादमा फसेको फोरमका गुप्ता पक्षीय सभासदले सोमबार नयाँ दल संसद सचिवालयमा दर्ता गराएका हुन्। संसद सचिवालयका प्रवक्ता सुदर्शन कुइँकेलका अनुसार सभासदहरु राजलाल यादव, नन्दनकुमार दत्त, सलमा खातुन मिकरानी, प्रकाश यादव, आत्मराम प्रसाद साह, चन्द्रिका प्रसाद यादव, अकबाल अहमद, सरितादेवी यादव, सुनिताकुमारी साह, सन्ध्या देवी, राजकिशोर यादव र विश्वनाथ प्रसाद यादवले नयाँ दल गठनका लागि हस्ताक्षर गरेका छन्। गुप्तालाई नयाँ पार्टी खोल्न सघाउने विश्वनाथ प्रसाद यादवको सभासद पद कुटनीतिक राहदानी दुरुपयोगको अभियोगमा निलम्बनमा छ। हिजो मात्र १५ लाख धरौटी बुझाएर उनी थुनामुक्त भएका थिए। माधव नेपाल नेतृत्वको सरकार गठन हुनुअघि २०६६ जेठमा विजयकुमार गच्छादर समूह अलग्गिएर फोरम लोकतान्त्रिक गठन भएको थियो। गच्छदारले पार्टी विभाजन गरेपछि उपेन्द्र यादव नेतृत्वको फोरमसँग २५ सभासद थिए। अब उनीसँग १२ सभासद बाँकी रहेका छन्।

No comments: