News

May 21, 2011

तामाङसालीङमा स्वीस संघीयताबारे अनुभव आदान-प्रदान कार्यक्रम सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ
नेवाः/तामाङसालीङ, चैत्र ६, २०६७,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तामाङसालीङ स्वायत्त राज्य परिषदको आयोजनामा २०६८ जेठ ६ गते काठमाडौंको संवैधानिक संवाद केन्द्र नयाँ वानेश्वरमा स्वीस संघीयताबारे अनुभव आदान-प्रदान कार्यक्रम गर्न एक अन्तरक्रियात्मक सम्पन्न भयो । संघीय मञ्चका अध्यक्ष मण्डल सदस्य तथा तामाङसालीङ स्वायत्त राज्य परिषदका अध्यक्ष डीके बुद्धिष्टको अध्यक्षता र स्रोत व्यक्ति स्वीस नागरिक संघीयतासम्बन्धी विज्ञ डा. निकोल टपरविनको प्रस्तुतीमा सम्पन्न उक्त कार्यक्रममा तामाङसालीङ स्वायत्त राज्य परिषद, खम्बुवान स्वायत्त राज्य परिषद र संघीय लिम्बुवान राज्य परिषद (मञ्चसम्बद्ध) का नेता तथा अगुवा कार्यकर्ता र शुभेच्छुक बुद्धिजिवीहरूको सहभागीता रहेको थियो । कार्यक्रममा स्रोत व्यक्ति डा. निकोल टपरविनले स्वीस संघीयता र नेपालको समसामयिक विषय संविधान निर्माण तथा राज्यको पुनर्संरचना र विभिन्न जाति जनजातिहरूको सहभागिताको सवालबारे आफ्नो ज्ञान र अनुभवहरू साझेदारी गर्नुभएको थियो । कार्यक्रममा संघीय मञ्च तथा खम्बुवान स्वायत्त राज्य परिषदका अध्यक्ष इन्द्रहाङ खम्बू, मञ्चका महासचिव खगेन्द्र माखिम र मञ्चका अध्यक्ष मण्डल सदस्य तथा तामाङसालीङ स्वायत्त राज्य परिषदका अध्यक्ष डीके बुद्धिष्टले स्वीस संघीयताबारे थाहा पाउनुपर्ने सन्दर्भ र कार्यक्रमको औचित्य तथा अहिलेको सन्दर्भमा यसको महत्वबारे प्रकाश पार्नुभएको थियो । स्रोत व्यक्ति डा. निकोल टपरविनको पावर प्वाइन्ट प्रस्तुती र सहभागिहरूको तर्फबाट विभिन्न जिज्ञासाहरू राख्दै अन्तरक्रियात्मक रुपमा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता तामाङसालीङ स्वायत्त राज्य परिषदका अध्यक्ष डीके बुद्धिष्टले गर्नुभएको थियो भने यसको उद्घोषण तामाङसालीङकै सचिवालसय सदस्य भूमि लामाले गर्नुभएको थियो । यही प्रकारको अर्को कार्यक्रमहरू जेठ ८ गते खम्बुवान स्वायत्त राज्य परिषदको आयोजनमा त्रियुगानगर गाइघाट उदयपुर, खम्बुवान र जेठ ९ गते मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको आयोजनामा दमक, झापा लिम्बुवानमा हुने कार्यक्रम रहेको छ । सो कार्यक्रमहरूको स्रोत व्यक्ति प्रस्तोता पनि उही स्वीस संघीयता विज्ञ डा. निकोल टपरविन नै रहने कार्यक्रम छ ।

No comments: