News

May 4, 2011

संयुक्त लिम्वुवान मोर्चा हङकङको वैठक सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१ मे २०११ को दिन संयुक्त लिम्वुवान मोर्चा हङकङको वैठक सम्पन्न भएको थियो । वैठक चुम्लुङको संयोजकत्वमा वसेको थियो । वैठकको अध्यक्षता चुम्लुङका कोषाध्यक्ष देवेन्द्र खापुङले गर्नुभएको थियो भने सञ्चालन लाजेशा लिम्वुले गरेका थिए । वैठकमा लिरामो अध्यक्ष दिल पालुङवाले संयुक्त लिम्वुवान मोर्चालाई सशत्त वनाउदै लिम्वुवानी आन्दोलनमा सहयोग पुरयाउन आहृवान गरेका थिए । त्यस्तै सवै मोर्चाहरुलाई कार्यगत एकता तथा सम्भव भएसम्म सिद्धान्त मिल्नेहरु एकिकरण गर्दै जानुपर्ने राय सुझाव दिएका थिए । संघीयका प्रतिनिधी लगायतले उक्त कुरालाई र्समर्थन गरेका थिए । संविधान निर्माणको क्रम ढिलोहुदै जांदा संघीयताको वारेमा पनि चलखेल हुनसक्ने कुरालाई सवैले सचेत भएर हेर्नुपर्ने कुरा वैठकले पारित गरेको थियो भने संविधान निर्माणको अवधिसम्ममा संयुक्तमोर्चा जागरुग भएर लाग्नुपर्ने कुराहरुपनि उठेका थिए ।

No comments: