लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तेह्रथुम, माघ २७, तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगम स्थल तिनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा मंगलबार राति परेको हिमपात पछि वढेको चिसोका कारण स्थानीय वासिन्दाहरु घर बाट वाहिर निस्कन सकेका छैनन । टिएमजे क्षेत्रमा दुई फिट सम्म हिउँ जमेको पाँचपोखरीका स्थानीय वासिन्दा भिमसेन कार्कीले वताए । मंगलबार बेलुका देखि सुरु भएको हल्का वर्षा संगै परेको हिउँले तिनजुरे, पाँचपोखरी, चौकी, मंगलवारे, गुफापोखरी, मेन्छेयाम डाँडा लगायतका स्थान पुरै ढाकेको छ । हिमपातका कारण यो क्षेत्रका पैदल मार्ग पुरीएका छन । बाक्लो हिमपातले टिएमजे क्षेत्रका जंगलमा रहेका चौरी, खच्चड, भेडी गोठ लगायतका पशु वस्तुको गोठ तथा वास स्थानलाई समेत पुरेको आशंका स्थानीय वासिन्दाले गरेका छन ।चरन क्षेत्र समेत हिउँले पुरै ढाकेको चौकी वजारका स्थानीय वासिन्दा सुरेश कुमार पाठकले वताए । हिउँले टिएजे क्षेत्रको २८ भन्दा बढी प्रजातिका गुराँस पाईने जंगल पुरै ढाकेको छ । यस अघि यो क्षेत्रमा गएको पुस १६ गते चार वर्ष पछि पहिलो पटक हिउँ परेको थियो । लामो समय पछि दोश्रो पटक हिउँ परेकाले पुर्वी तराईका धरान, विराटनगर, ईटहरी लगायतका स्थान वाट हिउँ हेर्न र हिउँमा खेल्न विहानै वाट आन्तरीक पर्यटकहरु आउन थालेका छन । चार वर्ष पछि डेढ महिनाको अन्तरमा दोश्रो पटक हिउँ परे पछि वसन्तपुर देखी गुफा वजार सम्मका होटल व्यवसायीहरु भने खुसी भएका छन ।
No comments:
Post a Comment