News

Feb 12, 2010

भारतीय हस्तक्षेपविरुद्ध लन्डनमा जुलुस गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ २९,नेपालको आन्तरिक मामलामा भारतले गरिरहेको हस्तक्षेपविरुद्ध बेलायतको प्रगतिशील नेपाली समाजले त्यहाँको राजधानी लन्डनमा विरोध कार्यक्रम आयोजना गर्ने जनाएको छ। समाजका अध्यक्ष रणबहादुर केसीका अनुसार आउँदो सोमबार मध्याह्न १२ बजे ट्राफलगर स्क्वायर, नर्थ टेरेसबाट सुरु हुने र्‍याली भारतीय दूतावास पुगी टुंगिनेछ।केसीद्वारा जारी विज्ञप्तिमा भारतले नेपाली भूभागमा गरिरहेको अतिक्रमणको विरोधमा विभिन्न कार्यक्रम चरणवद्ध रुपमा गर्ने जानकारी दिँदै पहिलो चरणमा विरोध र्‍याली गर्न लागेको उल्लेख छ।

No comments: