लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/देश सुब्बा
प्रा.डा. टंकप्रसाद न्यौपाने धरान हङकङ मञ्चको दशौ वार्षिक उत्सवमा भाग लिन फेब्रुअरी ६ तारिख शनिबार हङकङ आईपुग्ने पर्नेमा हवाइजहाजको गडबडीले ९ तारिख मंगलबारका दिन हङकङ आइपुगेका छन् । न्यौपानेको साथमा कथाकार तथा कान्तिपुर दैनिकका धरान संवाददाता प्रदीप सेमी मेन्याङबो, कलाकारहरू सुभान लिम्बू र तुहिन लिम्बू पनि आइपुगेका छन् । न्यौपाने आठपहरिया रार्इ भाषामा पिएचडी, लोहरुङ र याम्फू भाषाका भाषाविद् हुन् । अन्य आदिवासी जनजातिको भाषामा पनि निरन्तर अध्ययन, अनुसन्धान गरिरहेका छन् । वहाँको अध्यक्षतामा धरानमा भयवाद अध्ययन केन्द्रको स्थापना भएको छ । दीपा एवाई रार्इले प्रतिपादन गरेको समुच्च विचारको पनि व्याख्या गर्दै आएका छन् । हङकङमा रहँदा धरान हङकङ मञ्चको दशौँ वार्षिक उत्सव, नेपाली साहित्य प्रतिष्ठान हङकङको दशौँ वार्षिक कार्यक्रम र हङकङेली नेपाली साहित्यको अन्तरक्रिया कार्यक्रममा सहभागी हुने उनको कार्यक्रम छ ।

No comments:
Post a Comment