लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०७ फेब्रुअरी,२०१०,बेलायतले माओवादी लडाकुको समायोजन तथा पुनर्स्थापनामा सहयोग गर्ने मुलुकहरुको संख्यामा वेलायत पनि थपिने भएको छ । नेपाल भ्रमणमा रहेका बेलायती सेनाध्यक्ष सर डेभिड जुलियन रिचर्डले लडाकुको समायोजन तथा पुनर्स्थापनामा जस्तोसुकै सहयोग गर्ने तयारहेको बताएका छन् । आज साँझ प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटगरी उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । भेटपछि बेलायती सेनाध्यक्ष रिचर्डले प्रधानमन्त्रीसँगको भेट फलदायी भएको प्रतिक्रिया दिएका छन् । भेटमा प्रधानमन्त्री नेपालले नेपाली सेना मानवअधिकार पालनामा सतर्क रहेको बताएका थिए । उनले सेनाबाट मानवअधिकारको उलंघन भएको पाइए छानबिन गर्न सकिने भेटमा बताएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार भट्टराईले जानकारी दिए । ६ दिने नेपाल भ्रमणमा आएका रिचर्ड आइतबार बिहान पोखरास्थित गोर्खा एरिया वेलफेयर सेन्टरको अवलोकन गरेका थिए ।

No comments:
Post a Comment